ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नयाँ भाडा दर कार्यान्वयनको पहल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० जेष्ठ १३ गते, २३:१६ बजे
नयाँ भाडा दर कार्यान्वयनको पहल
25
SHARES
Share on FacebookShare on Twitter

इलाम । हालसम्म कार्यान्वयन हुन नसकेको सार्वजनिक सवारी साधनको भाडादर इलाममा कार्यान्वयनका लागि पहल थालिएको छ । सरोकारवालाहरुका अनुसार नयाँ भाडादर कार्यान्वयनमा सकारात्मक संकेतहरु देखिएका छन् । धेरै वर्षदेखि मेची राजमार्ग लगायत इलाम जिल्लाका विभिन्न रुटमा चल्ने यातायातका साधनको भाडादर कार्यान्वयन भएको थिएन । यातायात व्यवसायि र यातायात व्यवस्थापन समिति बसेर निर्धारण गरिएको भाडादर कार्यान्वयन नहुँदा यात्रु ठगिदै आएका थिए । सहमति गरेपनि यातायात व्यवसायिहरुले आफूखुशी भाडा असुल गर्दै आएका थिए ।
गत असोजमा स्थानीय यातायात व्यवस्थापन समितिले भाडादर निर्धारण गर्न नसकेपछि प्राविधिक सहितको कार्यदल बनाएर भाडादर निर्धारण गरिएको थियो । तर यो भाडादरमा सहमति नहुदै व्यवसायिले भाडादर कार्यान्वयन गर्न मानेनन् । पुर्वाञ्चल यातायात सेवा प्रालिका खड्ग श्रेष्ठले आफूहरुलाई विर्तामोडमा भाडादरबारे जानकारी नदिएकाले हाल सम्म विर्तामोड इलामको भाडा पाँच सय लिइरहेको बताए । व्यवसायिले आफुखुशी भाडा लिइरहेका थिए ( इलाम विर्तामोड रु ५००) त्यसैले कार्यान्वयन गराउन नसकिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख छविलाल खतिवडा बताए ।
तर गत ज्येष्ठ ८ गते जिल्ला प्रसासन कार्यालय इलाममा विराटनगर , इटहरी देखि इलाम झापा, पाँचथर ताप्लेजुङका यातायात व्यवसायि, प्रदेश यातायात व्यवस्थापन समिति प्रतिनीधि र यातायात व्यवस्थापन समितिबीच बैठक बसेर नयाँ भाडादर तोकिएको छ । नयाँ भाडादर अनुसार इलाम विर्तामोड नयाँ भाडादर चार सय २५ रुपैयाँ तोकिएको छ । यो सँगै डिजेल र पेट्रोलको मूल्य पनि घटेर आएकाले मेची राजमार्ग सहित जिल्लाभरका १ सय २२ रुटमा चल्ने सवारी साधनको भाडादर घटेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले उपभोक्ता हितका लागि सोच्न र आफू पनि कुनै न कुनै रुपमा यात्रु भएर सोच्न व्यवसायिहरुलाई आग्रह गरेका थिए । हाल सम्म कार्यान्वयन नभएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयनका लागि पहल गर्नका लागि व्यवसायिहरुको समेत सहमति लिने पहल गर्न वैठक आयोजना गरिएको थियो । वैठकमा व्यवसायि र सुरक्षा निकायका प्रतिनीधि बाहेक उपभोक्ता हक हितमा काम गर्ने वा यात्रुहरुलाई बोलाइएको थिएन । उपभोक्ता हक हितमा काम गर्ने को हो भनेर पहिचान नभएकाले खबर गर्न नसकेको आयोजक कार्यालयका प्रमुख छविलाल खतिवडाले बताए । मेची राजमार्गमा यातायात भाडादरमा बारम्बार गुनासो आइरहेकाले यसैलाई प्रमुख विषय मानेर बैठकको आयोजना गरेको उनले बैठकमा जानकारी गराएका थिए । बैठकमा नयाँ भाडादर तोकेपछि लागि प्रदेश यातायात व्यवस्थापन समितिमा स्वीकृतिका लागि पठाइको थियो ।
बैठकमा सवै व्यवसायिहरुले मजदुर कर र बीमामा भएको महँगीको कारणले भाडा घटाउन नसकिएको दावि गरेका थिए । सिण्डीकेट हटाएपछि फरक फरक व्यवसायिले फरक फरक भाडादर टाँसेर हिडेको र रातो नम्बर प्लेटका गाडिले पनि भाडामा चलाइरहेको इलामका व्यवसायि गृष्म सुव्वाले बताएका थिए । व्यवसायि मिलन क्षेत्रीले पञ्जीकरण गरेका गाडिलाई नविकरण गराउँदा सम्बन्धित कम्पनीको सहमति पत्र बेगर नै नविकरण गरिदिएको गुनासो गरे । झापा इटहरी, पाँचथर र ताप्लेजुङ.का व्यवसायिको गुनासो र छलफलपछि तेलको मुल्य समायोजन भएपछि नयाँ भाडादरका लागि प्रस्ताव गरि निर्णय गरिएको थियो । यातायात व्यवसायिहरुले सवारी साधानमा बीच बीचमा चेकिङका नाममा दुख दिएको र पैसा असुल्ने गरिएको बताएका थिए । एसपी दिलीप घिमिरेले सवारी साधनको चेकिङका लागि स्थायी चेक पोष्ट नै रहेको र आकस्मिक रुपमा चेकिङ विभिन्न स्थानमा गरिने बताए ।
कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयका यातायात महाशाखा प्रमुख सुवास कार्कीले अनलाईन पेमेन्ट सिस्टम चाँडै लागू गर्ने तयारी भएको जानकारी गराएका थिए । बैठकमा यातायात व्यवसायिहरु सुमन श्रेष्ठ, मदन श्रेष्ठ, मीलन गीरी , देवी भट्टराई समेतले आफ्नो धारणा राखेका थिए । यस्तै पत्रकार भिम चापागाईले हालसम्म भाडादर कायम नभएकोमा दुख पोखेका थिए । अघिल्लो विपद व्यवस्थापन समिति बैठकमा सहभागि जनप्रतिनीधि र राजनैतिक दलका प्रतिनीधिहरु समेत बैठकमा सहभागि भएका थिए ।

बैठकपछि भएको निर्णय अनुसार सार्वजनिक सवारी साधनले अनिवार्य रुपमा यात्रु टिकटको व्यवस्था गरि कार्यान्वयन गर्नुपर्नेछ । यस्तै सवारी साधनहरुमा प्राथमिक उपचारका सामग्रीहरु अनिवार्य व्यवस्था गर्नुपर्नेछ । सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु सवार गराउन पाइने छैन । ट्राफिकले चेकिङ गर्दा फराकिलो सडक खण्डमा चेकिङको व्यवस्था मिलाउने छ । यात्रुलाई अनिवार्य रुपमा गन्तव्यस्थलमा पुर्याउनुपर्नेछ । मेल दिन पाइने छैन । यात्रुसँग मर्यादिन व्यवहार गर्नुपर्नेछ । भाडादरका हकमा मेची राजमार्गमा इलाम विर्तामोड चार सय २५ रुपैया । इलाम फिदिम चार सय रुपैया र इलाम ताप्लेजुड. आठ सय नव्वे रुपैया तोकिएको छ ।
अहिले सम्म भाडादर कार्यान्वयन भएन अव होला भन्ने कसरी यात्रुले विश्वास गर्ने ? यो प्रश्न हामीले सरोकारवाला निकायका प्रतिनीधिलाई सोधेका छौ । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक शैलेन्द्र कुमार गच्छेदारले नयाँ भाडादर अनिवार्य लागू हुने बताएका छन् । उनले प्रहरी प्रशासनलाई नै छलेर उठाएको हो भने उनीहरु नै जानुन तर हामीकहाँ आएको उजुरीका आधारमा हामी कारवाहि गरेरै छाड्छौ उनले बताए । उनले विगतमा पनि दुइवटा उजुरी परेकाले ३५ सय रुपैया बढि नै कारबाहि गर्न यातायातमा लिखित पठाएको जानकारी दिए । यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख छविलाल खतिवडाले नयाँ भाडादर लागू भएपछि धेरै यात्रुले आफूलाई फोन गरेर धन्यवाद दिएको बताए । उनले इलाम विर्तामोड चार सय २५ रुपैया तिरेको तर तत्काल भएर होला टिकट नपाएको यात्रुले भनेको सुनाए ।
विगतमा भएको सहमति अनुसार भाडादर कार्यान्वयन गर्न ट्रापिक प्रहरीले दुइ हजार पर्चा पम्लेट बाँडेर भाडादर बारे जानकारी गराएको थियो । गुनासोका लागि सम्पर्क नम्बर दिएको थियो । भाडादर टाँस्न अनिवार्य गरिएको थियो । तरपनि यात्रुलाई टिकटको अनिवार्य व्यवस्थामा पहल नहँुदा भाडादर कार्यान्वयन भएको थिएन । तर यो पटक भने यातायात व्यवस्थापन समितिले सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य राख्न व्यवस्था मिलाउने भएको छ । जिल्ला प्रहरी प्रमुख एस पी दिलीप घिमिरेले ठाउँ ठाउँमा चेकिङ गरी बढि भाडा लिएमा कारबाहि गर्ने बताएका छन् । यात्रु भाडाको लागि अनिवार्य रुपमा चेक गर्न जोरकलश र गोलाखर्क भञ्ज्याड.मा चेकपोष्ट राखिएको जानकारी दिए । उनले कुनै पनि यात्रुले तोकिएको भन्दा बडि भाडा लिएको गुनासो गर्न सीधै प्रहरीलाई सम्पर्क गर्न सकिने बताए ।
यायायात व्यवस्था सेवा कार्यालयले सार्वजनिक सवारी भाडादर कायम गराउनका लागि व्यापक रुपमा अनुगमनको तयारी गरेको छ । कार्यालय प्रमुख खतिवडाले टिकट दिएको नदिएको सवै अनुगमनका क्रममा हेर्ने बताए । उनले नयाँ भाडादर कार्यान्वयनका लागि सवै पक्ष तयार भएकाले कार्यान्वयन योग्य निर्णय गरिएको जानकारी दिए । मेची राजमार्ग सहितको १२२ रुटको नयाँ भाडादर घटेर आएकोले त्यसै अनुरुप सार्वजनिक सवारी साधनमा टाँस्न र प्रचार प्रसार गर्न सवै पक्षले तयारी गरेका छन् । यातायात व्यवसायलाई मर्यादित र अनुशासित बनाउन सवै पक्षले ध्यान दिन आवश्यक भएको उनले बताए ।

सार्वजनिक यातायातमा सहमतिको भाडादर कार्यान्वयन नहुने विगतको परम्परा त छँदैछ त्यसमाथि यात्रुलाई चालकले गर्ने व्यवहार मर्यादित नभएको र सेवा नपाएको गुनसो व्यापक रुपमा आएको थियो । गाउँघरबाट सदरमुकाम आउने सवारी साधनले चर्को भाडादर लिएको र क्षमता भन्दा बढि यात्रु ओसार्ने गुनासो व्यापक रुपमा आउने गरेको छ । यसवाहेक विद्यार्थीहरु, बृद्ध बृद्धा अपाङगता भएकाहरुलाई भाडामा छुटको व्यवस्थाको पहल हुन सकेको छैन । नेपाल सरकारले तोकिएको सहुलियत कार्यान्वयन गराउन निर्देशन दिए पनि कार्यान्वयन भएको पाइदैन ।
नयाँ भाडादर कार्यान्वयन सँगै सार्वजनिक सवारी साधनमा सेवा सुविधा र टिकटको अधिकार यात्रुले पाउनेमा आशाबादि हुन सकिन्छ । तर हालसम्म देखिएको उजुरी नगर्ने जति भाडा उठाए पनि तिर्ने यात्रुहरुको बानीले कार्यान्वयन पक्ष फितलो हुदै आएको छ । प्रहरी प्रशासनले नयाँ रणनीति बनाएर सामान्य गुनासो, बेनामे उजुरी, टेलिफोन उजुरीका आधारमा पनि कारबाहि गरी नयाँ भाडादर कार्यन्वयन गर्ने सोच बनाएको छ । सार्वजनिक सवारी साधनमा अनिवार्य टिकट व्यवस्थापन हुँदा र काउण्टर मार्फत अनिवार्य टिकट विक्रिगर्दा दशैं तिहार जस्ता चाडबाडका बेलामा हुने बेथिति र गुनासो हट्ने विश्वास गरिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist