इलाम । इलाम कारागारमा भएको विकृति र विसंगति हटाएर सुधार केन्द्रको रुपमा विकास गर्न कारागार सुधार मार्गचित्र २०८० अनुरुप काम थालिएको छ । प्रसासनको कमजोरीको कारण कारागार भित्र तास खेल्ने मदिरा सेवन गर्ने र दिउसै कैदि बन्दि फरार हुने जस्ता घटना घटेपछि इलाम कारागार भित्र थप सुधारको प्रयाश गरिएको हो । मार्गचित्र अनुसार भर्खर देखि कारागार भित्र सहकारी मोडलमा सहकारी पसल संचालन गरेको जानकारी कारागार प्रसासनले दिएको छ ।एउटै सुरक्षा घेरा भित्र कसैले कमाउने कसैले गुमाउने स्थिति नहोस भनेर कैदिबन्दिका लागि एउटै मुल्यमा सामग्री उपलव्ध गराउन यस्तो पसल संचालन गरिएको प्रजिअ श्रवण कुमार पोख्रेलले बताए ।
यसअघि कारागार भित्र नाइके र चौकिदारले संचालन गरेको पसलमा एउटा अण्डा पनि ५० रुपैया तिरेर खानुपर्ने बाध्यता रहेको पाइएको थियो । यस्तो मोडेलमा पसल संचालन भएपछि मुल्य पनि सस्तो पर्ने र सवै कैदिबन्दिले समान मुल्यमा सामग्री उपभोग गर्न पाउने भएका छन् ।कारागारमा नाइके र चौकिदारले मिलेर कैदिहरुबाट बढि रकम असुलिरहेको अवस्थामा कारागार प्रसासनले अहिले यस्तो काम गर्दा कारागार पहिले भन्दा केहि सुधार भएको कैदिहरु बताउछन ।
कारागार प्रसासनले कैदिहरुको हितको लागी यस्ता बिभिन्न कार्य गरेको बताए पनि कारागारमा कैदिहरुलाई दैनिक खानेपानी बिरामी हुदा औषधी उपचारमा समस्या अझै पनि नहटेको कैदि बताउँछन ।इलाम कारागारलाई नमुना सुधार गृह भनेता पनि बिगतमा कारागार भित्रै जुवा तास खेल्ने मदिरा सेवन गर्ने दिउँसै कैदि फरार हुने कार्य नभएका हैनन् बिगतमा कारागारमा जस्तो समस्या भए पनि अब सुधारेर लैजाने र कारागारलाई सुधार गृहको रुपमा चिनाउने जेलर सुमित मगर बताए ।
्
इलाम कारागारमा हाल दुइ सय ७६ जना कैदि बन्दि रहेका छन् । यसमध्ये २० जना महिला छन् । कारागारमा भलिवल, केरेमबोर्ड, पुलहाउस, बास्केटबल जस्ता खेलकुदका गतिविधि हुने गरेका छन् । यस्तै यहाँ मुडा बुन्ने, ढाका बुनाई र कटिड. व्यवसाय पनि संचालन हुदै आएको छ । तर कैदिहरुले निर्माण गरेको सामाग्रीहरुले बजार नपाए पछि सामाग्रीहरु खासै नबिक्ने कैदिहरुले बताए । कैदिहरुले निर्माण गरेको सामाग्रीहरुको उचित बजार ब्यवस्थापन गर्न पनि प्रसासनले पहल गर्नु पर्ने देखिन्छ ।