इलाम | चिया भन्ने बित्तिकै इलामलाई चिनिन्छ । पर्यटन बिकासका बिभिन्न आयम मध्ये चिया क्षेत्र पनि एक हो । बेला बखत राष्ट्यि स्तरमा टि टुरिजमको वहस समेत चल्ने गरेको छ ।बिगत केहि बर्ष देखि इलाममा भने चिया पर्यटन फस्टाउदै गएको छ ।चिया रोपण,उत्पादन र प्रसोधनको अध्ययन तथा अवलोकन संगै इलामको चिसो मौषममा रमाउनका लागि आन्तरीक तथा वाह्य पर्यटक समेत पुग्ने गर्दछन । चियाको हरियालीमा रमाउन इलाम पुग्ने पर्यटकको संख्या बृद्दि भए संगै कन्याम, फिक्कल श्री अन्तु पानीटार लगायत क्षेत्रमा स्थानियले होमस्टे समेत सञ्चालनमा ल्याएका छन ।
इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पस नजिकै इलाम नगरपालिकाले बनाएको हातको कृतिम बनावटले पर्यटकलाई थप आकर्सित गरेको पाईन्छ ।चिया पर्यटन नयाँ सम्भावना भएकोले यसको अवधारणा विस्तार र प्रवध्रन गर्न सके पर्यटन विकासको प्रमुख मेरुदण्डको रुपमा लिन सकिन्छ । तराइको गर्मि,धँवा र धुलोले उकुसमुकुस भएका मानिस हरु इलामको हरियो चिया बारी,चिसो मौषम र स्वच्छ हावामा रमाउन यहाँ आइपुग्छन ।सुन्दर नव युवतिको रुपमा युवाहरु लठ्ठीए झैँ इलामको सुन्दरतामा उनिहरु लठ्ठीने गर्दछन ।
नेपालमा चिया खेतिको इतिहास पुरानो छ । नेपालमा चिया खेति हुन थालेको डेढ सताब्दी भइसक्यो आधुनिक चिया प्रसोधन गर्ने इलाम सदरमुकामको कारखाना देशकै पहिलो कारखाना हो । बि सं १९२० मा कर्णेल गजराज सिंह थापाले चिन बाट उपहार स्वरुप प्राप्त भएको चियाको बिरुवा इलाममा रोपे पछि नेपालमा चिया खेतिको सुरुवात भएको इतिहास छ ।तर अहिले संरक्षण नहुँदा सबै चिया मासिने अवस्थामा छन ।नेपालमै दुर्लभ मानिने चिनिया जातको चिया पनि यहाँ पाइन्छ तर संरक्षण नहुँदा मासिने अवस्थामा छ ।
बिभिन्न पालिकाहरुले बगानलाई व्यवस्थित गर्न बगान फिर्ता दिन माग समेत गरेका छन । संघिय सरकारलाई यी बगान स्थानिय तहलाइ दिन आग्रह गरेका हुन । तर स्थानिय तहको माग पनि संघिय सरकारले सुनेको छैन ।पर्यटनको मुख्य आधार चिया खेति भएकोले चिया बगानको संरक्षण गर्न सके चिया पर्यटन र चिया खेति बाट मनग्य आम्दानि हुने निस्चित छ ।