ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुल्यो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० जेष्ठ १८ गते, १६:२५ बजे
प्रधानमन्त्री दाहाल र मोदी बिच भेट वार्ता
18
SHARES
Share on FacebookShare on Twitter

१८ जेठ, काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण हुन सकेको थिएन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सन्धि संशोधनमा हस्ताक्षर पनि एक हो ।विगत ४ वर्षसम्म पारवहन सन्धि नवीकरण नै नभएको अवस्थामा यसमा हस्तक्षर हुनु महत्वपूर्ण भएको प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।

बिहीबार भारतको नयाँ दिल्लीमा भएको दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पियूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको हो । ‘नेपालजस्तो भूपरिवेष्ठित मुलुक पारवहन सन्धि नवीकरण नै नभई रहँदा सहज भएको थिएन। यो महत्वपूर्ण उपलब्धि हो’ मरासिनीले भने । नेपालले अब सडक, रेल र जल तीनवटै मार्गबाट समुद्रसँगको पहुँच पाएको उनले बताए ।

सन्धिको नवीकरणपछि नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुलेको छ भने नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ ।भारतले गंगा नदीमा आन्तरिक जलमार्गको विकास गरेको छ । नेपालले आफ्ना नदीमा आन्तरिक जलमार्ग विकास गरेको खण्डमा नेपालले गंगा नदीको जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउने यस मामलाका जानकार वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजुले बताए ।

त्यस्तै, भारतको आन्तरिक जलमार्गमा रहेका तीन वटा टर्मिनलसम्म नेपालले पहुँच पाएको सैंजुले बताए । यस्तै भारतले निर्माण गरिरहेको बनारस, साहीवगञ्ज र कालुघाटस्थित आन्तरिक जलमार्ग टर्मिनल भएर नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने सैंजुले बताए ।बनारस जलमार्ग भएर वीरगञ्ज र भैरहवा नाकासम्म, साहीवगञ्ज जलमार्गबाट विराटनगर र कालुघाट जलमार्ग भएर नेपालगञ्ज नाकासम्म विद्युतीय ट्र्याकिङ गरेर कन्टेनरमार्फत मालवस्तु आयात निर्यात गर्न सकिने छ ।

साहीवगञ्ज जलमार्गसँग नेपालको पहुँचले भारतीय जलमार्ग भएर भएर सप्तकोशी नदीसम्म पानी जहाज चलाउनसमेत पहुँच विस्तार भएको वाणिज्य विज्ञ रविशंकर सैंजुले बताए । त्यसका लागि नेपालले आन्तरिक जलमार्ग भने तयार गर्नु पर्नेछ ।सन्धि पुनरवलोकन हस्ताक्षरपछि अब नेपालले भारतको विशाखापटनम् बन्दरगाहबाट विराटनगर र भैरहवा नाकासम्म बल्क कार्गो ल्याउने बाटो खुल्नेछ ।

‘सन्धि पुनरवलोकनमा हस्ताक्षर नेपालको पारवहन पहुँचमा निकै महत्वपूर्ण छ,’ सैंजुले भने, ‘अब हामीले बिशाखापटनबाट दुई नाकाका लागि बल्क कार्गो र तीन जलमार्गका लागि पहुँच पाएका छौं । यसले नेपालसम्मै पानी जहाज चलाउन पनि बाटो खुला गर्‍यो ।’अनलाइन खबर बाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist