ज्ञानु भट्टराई इलाम
इलामको रोङ गाउँपालिका वडा नं ३ स्थित पाथिभरा संरक्षण संस्थाले संचालन गरिरहेको सानो पाथिभरा मन्दिरको सम्पूर्ण काम कर्तव्य र अधिकार रोङ गाउँपालिकाको मातहतमा सन्चालन गर्ने भनी फागुन १ गते बाट निणय भई सन्चालनमा आएपनि पाथिभरा संरक्षण संस्था सँग रहेको नगद जिन्सी तथा भौतिक संरचना बुझाउन बाकि रहेको पाइएको छ ।
जिल्ला प्रसाशन कार्यलय इलाम, जिल्ला प्रहरी कार्यलय ईलाम, सर्वदलिय प्रतिनिधि रोङ गाउँपालिकाको जनप्रतिनिधि पाथिभरा संरक्षण संस्थाको प्रतिनिधि समेतको रोहोभरमा मुचुल्का गरि उक्त सामाग्री गाउँपालिकाले जिम्मा लिने निर्णय भएपनि बुधबार पाथिभरा संरक्षण संस्थाका अध्यक्षले उक्त सामाग्री बुझाउन असहमति जनाएकाले जिल्ला प्रशासन कार्यलय ईलाम मार्फत सम्पुर्ण कागजात झिकाई अनुसन्धानको प्रक्रिया अघि बढाउनपालिकाले निणय गरेको रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङले बताउनु भयो ।
रोङ गाउँपालिकाले यस क्षेत्रको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने भएपछि पाथिभरा संरक्षण संस्थाले पनि २०७९ साल चैत्र १४ गते एक पत्र नै पठाएर संस्थाको नगद तथा जिन्सी सामान बुझिलिन गाउँपालिकालाई अनुरोध गरेको थियो ।जेष्ठ १७ गते बुधबार पाथिभरा संरक्षण संस्था र सर्वदलिय सहितको बैठकमा पाथिभरा संरक्षण संस्थाका सचिब साथै सदस्यहरुको उपस्थित पाटिका प्रतिनिधि लगायतले उक्त सामाग्रि बुजाउने सहमत भएपनि पाथिभरा संस्थाका अध्यक्षले उक्त सामग्री बुझाउन असहमती जनाएका थिए ।
यता रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङले पाथिभरा संरक्षण संस्थाले देखाएको हिसाब चित्तबुझ्दो नभएपछि जिल्ला प्रशासन मार्फत सम्पूर्ण कागज पत्र झिकाई अनुसन्धान गर्न पत्र पठाइएको बताउनु भयोगाउँपालिका अध्यक्ष सुवास तमाङले भन्नु भयो रसिद डबल हुनु, एउटै आर्थिक बर्षमा एउटै नम्बरको दुई रसिदहरु हुन, रसिदमा बिचको नम्बर हराउनु, रसिदमा जतासुकै टिपेक्स प्रयोग गर्नु बढि केरमेट हुनु आदिले पनि संस्थाले गरेको काम शंकास्पद रहेको बताउनु भयो ।
पाथिभरा संरक्षण समितिका अध्यक्ष दौलत कुमार राईले भने यस संस्थाका सम्पूर्ण सदस्यहरु संग बसेर छलफल पश्चात मात्र हिसाब किताब बुझाउने निर्णय भएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय इलामका पदाधिकारीहरु संग सल्लाह गरेर यो निर्णय भएको जानकारी गराउँदै यही जेठ ३२ गते हुने साधारण सभाको निर्णय पश्चात मात्र जिन्सि तथा नगदी सामान पालिकालाई हस्तान्तरण गर्ने बताए ।