ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पहाडि जिल्लामा पनि बढ्यो गर्मि

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० जेष्ठ २३ गते, १६:२८ बजे
अत्यधिक गर्मीले इटहरीमा ३ दिन , इनरुवामा एक साता विद्यालय बिदा
18
SHARES
Share on FacebookShare on Twitter

इलाम : गएका वर्ष यस सिजनमा धान हुने क्षेत्रका माथिल्ला ठाउँमा पनि धान रोप्ने गरिन्थ्यो । तर, यस वर्ष धानको बीउ नै राख्न समस्या भएको छ । धान हुने क्षेत्रमा पनि रोपाइँ गर्न नै समस्या हुने स्थिति आएको सूर्योदय नगरपालिकाका दुर्गाभवानी पोखरेल बताए । उनले यस वर्षको जेठमा पनि अत्यधिक घाम लागेकै कारण भएको हरियाली सुक्खा बन्दै गएको बताए ।

गाईपालन गर्ने किसानसमेत घाँस सुक्दै गएपछि चिन्तित छन् । लैनो गाईले समेत हरियो घाँस खान नपाएपछि दिँदै आएको दूधसमेत घटाएको किसानहरूको भनाइ छ ।माईजोगमाई गाउँपालिकाकी सावित्रा सुवेदीले गएका वर्षहरूको यस सिजनमा भएको हरियाली स्मरण गर्दै यस वर्ष तरकारी खानसमेत समस्या भएको बताए । उनले भने, ुपोहोरहुँदी त यो बेला थरीथरीका तरकारी हुन्थे, यस वर्ष हरियो तरकारी नै छैन ।ु

उनी जस्तै गाउँका स्थानीय किसानले जुन अनुपातमा विगत वर्षहरूका तरकारी बिक्री गर्थे त्यो अनुपातमा यस वर्ष उत्पादन र बिक्री हुन नसकेको बताउँदै आएका छन् ।तराईमा गर्मी बढेको छ । तराईमा भन्दा पहाडमा गर्मी कमी छ । तर, विगतका वर्षमा भन्दा यस वर्ष पहाडमा समेत गर्मी ज्यादा रहेको छ । ठाउँठाउँमा राखिएका तापक्रम मापन स्थलहरूमा समेत यस वर्ष उच्च तापक्रम नै देखाउने गरेको छ ।

विगत यस सिजनमा केही क्षण वा एक वा दुई दिनमात्र तापक्रम बढ्ने गरेको भए पनि यस वर्ष एक साता यता पानी नपरेका कारण पनि गर्मी उखुमै बढेको बताइएको छ ।इलाम नगरपालिका–७ अर्थात इलाम चोक बजारमा राखिएको तापक्रम मापन केन्द्रमा आज पनि ३० डिग्री तापक्रम देखाएको छ । यसअघि मध्य दिनमा यहाँ ३२ डिग्रीसम्म तापक्रम देखाएको जनाइएको छ । पहाडका माथिल्ला क्षेत्रहरूमा समेत यस वर्ष तापक्रम बढेको छ ।

तराईका केही जिल्लामा गर्मी बढेकै कारण बर्खे बिदामा कटौती हुने गरी विद्यालयमा बिदासमेत दिइएको छ । तर, पहाडमा समेत अध्ययनमा समस्या भएको विद्यार्थीहरूको भनाइ छ । विद्यालयमा लगाइएको जस्ताको छानाबाट अझ तापक्रम थपिएर आउने हुँदा पढ्नभन्दा शीतलताको खोजीमा नै विद्यालय समय बित्ने गरेको उनीहरू बताउँछन् ।

यस वर्ष समयमा पर्याप्त पानी नपर्दा गर्मी बढेको हो । गर्मी बढेपछि जिल्लाका चिया किसानले समेत समस्या भोग्नुपरेको छ । सुक्खा लाग्दा यस सिजनमा पलाउने चियासमेत नपलाएको किसानहरू बताउँछन् । यस्तो मौसमले यस सिजनमा चियाको उत्पादनसमेत घट्ने उनीहरूको भनाइ छ ।प्रकृतिमा आएको परिवर्तनले यस वर्ष किसानले लगाएको कृषिबालीमा सुक्खाकै कारण उत्पादन घट्ने बताइएको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist