इलामको माई नगरपालिका ४ शुक्रबारे खेलमैदानमा भोली शुक्रबार देखि राष्ट्रिय यु(२० रग्वी सेभेन्स महिला तथा पुरूष रग्वी सुरू हुँदैछ । नेपाल रग्वि संघको आयोजनामा भएको प्रतियोगिता प्रदेश रग्वी संघ जिल्ला रग्वी संघ इलाम र माई नगरपालिकाको सहजिकरणमा भएको प्रतियोगितामा महिला र पुरूषको ५र५ टिम सहभागी छन् ।झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिता बारे जानकारी गराइएको हो ।
ड्र सार्बजनिक गर्दै नेपाल रग्बी संघ प्रशासन प्रमुख बासुदेब घिमिरेले प्रतियोगितामा ४ वटा प्रदेश तथा एउटा राष्ट्रिय टिमले सहभागी जनाउने छन । प्रतियोगितामा कोशी प्रदेशबाट कटारी रग्वी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्वी क्लब, बागमती प्रदेशबाट हेटौडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्वी क्लब र राष्ट्रिय क्लब हिमालयन टाईगर रग्वी सहभागी छन् ।।
आज सार्वजनिक गरिएको ड्र अनुसार पुरूष तर्फ समूह ए मा कर्णाली, बर्दिबास र कटारी छन् । समूह बी मा हिमालयन र हेटौडा छन् । महिला तर्फ समूह ए मा बर्दिबास, कटारी र कर्णाली छन् । समूह बी मा हेटौडा र हिमालयन रहेका छन् । प्रत्येक समुहका शिर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् ।
शनिवार सम्पन्न हुने फाइनल खेलको बिजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र पदान गरिने रग्वि संघ कोशी प्रदेश अध्यक्ष बिनोद कटुवालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख रूपैया अनुमानित खर्च लाग्ने नेपाल रग्वी बिकास प्रबन्धक बिराज काफ्लेले बताए ।
प्रतियोगिताबाट आगामी अगष्टमा हुने यु-२० एसिया रग्वी सेभेन्सको लागि नेपाली टिम छनौट हुनेछ ।