बिनु खड्का इलाम
पछिल्लो समय ईलामका बिभिन्न बजार हरुमा काठ तथा बांस हरु बाट निमृत सामाग्रीहरु प्रसस्तै देखिन थालेका छन्। बिभिन्न पलाास्टिकका सामानहरुले बजार लिईरहेको समयमा अहिले काठहरु बाट कुदिंएर बनाईएका सामानले ग्राहक हरुको मन तान्न थालेको छ ।
हेर्दा आकर्सक धेरै मेहनत लाग्ने सामान राख्दा टिकाउ हुने सजाएर राख्दा पुराना झल्को आउने काठ तथा बाँस बाट निर्मित सामाग्रीले अहिले निक्कै बजार लिएको देखिन्छ ।बजारमा बिभिन्न पलास्टिकका सामानहरु भन्दा गाउँ बाट निर्माण गरी ल्याएका ठेकि,तोङबा,कन्तुर,कप,कुर्सि जस्ता सामाग्रीहरुको माग बड्न थालेको व्यवसायिहरु बताउछन ।
दारका काठहरु कुदिएर बनाइएका ठेकिहरुमा दहि राम्रो जम्ने नबिग्रीने र स्वादिस्ट हुने अन्य सामाग्रीहरु सामान राख्न सजाउन समेत राम्रो हुने र पुराना कलाहरुको जगेर्णा पनि हुने भएकाले बढि माग भएको बताउछन ।
इलाममा मात्र नभई अहिले देशका बिभिन्न बजारहरुमा काठ बाट निमृत सामाग्रीहरुको माग बढेको छ । यस्ता सामाग्रीहरुको प्रोत्साहनका लागी सम्बन्धित निकायले समयमा ध्यान पुर्याउने हो भने आफना मौलिक कुरा जोगीनु को साथै गाउँ गाउँमा रोजगारीको समेत अवसर प्राप्त हुने देखिन्छ ।