ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

वास्तु अनुसार घरको सजावट कसरी गर्ने : डा. सुवेदी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार १७ गते, २१:४२ बजे
वास्तु अनुसार घरको सजावट कसरी गर्ने : डा. सुवेदी
65
SHARES
Share on FacebookShare on Twitter
वास्तु शास्त्रमा घरको सजावट एवं रङ्गले हाम्रो मनमा सकारात्मक प्रभाव पार्दछ भन्ने विषयमा चर्चा भएको पाइन्छ । ऋषि, ज्योतिषी एवं वास्तु शास्त्रीहरुले मनका भाव र तरङ्गहरुलाई विभिन्न रसमा वर्गिकरण गरी विविध रङ्गसँग सम्बन्ध जोडेका छन् । हाम्रो घरको उच्च सजावटको लागि विभिन्नप्रकारका रङ्ग आवश्यक हुन्छ । सूर्यको प्रकाशमा विभिन्न सात रङ्ग मिसिएको हून्छ । प्रकाशको परावर्तन सँगसँगै त्यहाँ भएका विभिन्न एवं विशिष्ट रङ्ग, किरणद्वारा वातावरणमा फैलिएको हुन्छ । यस्ता रङ्ग र तरङ्गले हाम्रो मानसिक स्थितिलाई विशेष प्रभाव पार्ने गर्दछ । रङ्ग  शास्त्रीले भनेका छन् – रातो एवं केशरी जस्ता पहेंलो रंगले हाम्रो मनमा उत्तेजना पैदा गर्दछ । सामान्य पहेँलो, छिरबिरे र वैजनी रङ्गले उत्साह एवं मनमा उल्लास बढाउँछ । निलो एवं हल्का खैरो रङ्गले हाम्रो मनमा शान्ति र प्रसन्नता बढाउँछ भने गाढा कालो रङ्गले मनमा शोक र निराशा पैदा गराउँछ ।
भोजन बनाउने तथा खाना खाने कक्षमा, खेलकुद सम्बन्धी कक्षमा र दिनको समयमा बस्ने कक्षमा, वैठक कोठामा रातो रङ्ग लगाउनु पर्दछ । शयन कोठा, बीचको प्यासेज र मनोरञ्जन कक्षमा गुलावी एवं हल्का पहेंलो रङ्ग लगाउनु पर्दछ यसले गर्दा सदैव आनन्दको अनुभूति प्राप्त हुन्छ । भान्छा कोठा, अध्ययन कोठा, पूजा घर, दिनको समयमा पढ्ने, बस्ने खालको कोठा आदिमा पहेंलो, रातो, मिश्रित रङ्गसमेत लगाउन सकिन्छ । यसबाट हाम्रो मनमा उमङ्ग उत्साह एवं हर्ष बढ्न जान्छ । घरको मुख्य भाग, बाहिरी पर्खालमा सेतो वा हल्का पहेँलो मिसिएको रङ्ग लगाउनु राम्रो हुन्छ । भोजन बनाउने, पढ्ने र पाहुना बस्ने वैठक र शयन कक्षमा पहेँलो रङ्ग लगाउनु उपयुक्त हुन्छ । पहेंलो रङ्ग प्रशन्नता र शान्ति प्रदान गर्ने रङ्ग मानिएको छ । दक्षिण तर्फको शयन कक्ष, पूजा घरको बाहिरी वाल, धेरै आवत–जावत गर्ने खालको कक्षमा गाढा निलो रङ्ग लगाउनु राम्रो हुन्छ । यस रङ्गको प्रभावले तनावबाट मुक्ति प्राप्त हुन्छ । दिवा शयन (आराम) कक्ष, स्नान घर, पार्क तथा ध्यान कक्ष, क्रीडा कक्षका लागि हल्का निलो रङ्ग उपयोगी हुन्छ । पूजा कोठा लवि शयन कक्ष र गृह प्रवेश द्वारमा जामुनी रङ्ग लगाउनु पर्दछ । यस रङ्गको प्रभावले शान्ति हुने, तनावबाट मुक्ति हुने हुन्छ । त्यसै गरी दिन मा धेरै प्रयोग हुने कोठा आदिमा हरियो रंग लगाउन सकिन्छ । हरियो रङ्गका प्रभावले मनमा उल्लास, परस्पर स्नेह, सौहार्द भाव एवं सुख सन्तोष प्राप्त हुन्छ ।
रङ्गको मनुष्य जीवनमा निकै ठूलो एवं विशिष्ट योगदान छ । विभिन्न ग्रहको दुष्प्रभाव तथा व्यापार व्यवसायका समस्या हटाउन रङ्गको महत्वपूर्ण भूमिका रहेको छ । हाम्रो घरका विभिन्न कक्षमा आवतजावतका लागि मार्ग खुल्ला हुनपर्दछ । प्रवेश द्वारका भित्ता एवं स्कटिङ्गमा एकै खालको रङ्ग लगाउनु पर्दछ । भवनको प्रवेश मार्गमा वृक्ष, खम्बा, कुवा, नलकुव, सेफ्टी ट्याङ्की र दूषित हावा निस्कने पाइप आदी हुनुहुँदैन । यस्ता स्थानहरुमा कालो रङ्ग लगाउनु हुँदैन । यसरी वास्तु सम्बन्धी नियम पालना गर्नाले धनात्मक उर्जा उत्पन्न हुन गइ परिवारमा आर्थिक प्राप्ति एवं शुख शान्ति मिल्दछ । सवै प्रकारका वाधक तत्व निवारणार्थ मुख्य भवनको उचाई अधिक हुुनुपर्दछ । ढोका एवं गेट राख्दा वास्तु नियम पालना गरि राख्नुपर्दछ र वास्तु सम्मत रङ्ग लगाउनु पर्दछ । यसले गर्दा घरमा सदैव धनात्मक उर्जा उत्पन्न हुन जान्छ । घरका विभिन्न कक्षमा ढोका राख्दा, उत्तर वा पूर्व दिशा तर्फ राख्नु वास्तु अनुसार उत्तम हुन्छ । ढोका वा गेटमा हल्का गुलावी एवं पहेंलो रङ्ग लगाउनु राम्रो हुन्छ । सुत्ने खाट वा पलङ्गको पछाडि पक्की पर्खाल हुनु राम्रो हुन्छ । शयन पलङ्ग कहिले पनि ढोकाको सम्मुख हुनु हुँदैन, शयन कक्षमा हल्का निलो एवं गुलावी र पहेंलो रङ्ग समेत लगाउन सकिन्छ । शयन कक्षमा सक भर दर्पण लगाउनु हुँदैन । लगाउनै परेमा पलङ्गको दायाँ बायाँ लगाउन सकिन्छ । पलङ्गको सम्मुख पारि दर्पण लगाउँदा हानिकारक हुन्छ । बक्स पलङ्ग बनाइएको छ भने त्यहाँ पकाउने भाडाँ वर्तन राख्नु अनिष्ट मानिन्छ साथै पलङ्गमा कदापि कालो र निलो रङ्ग लगाउनु हुँदैन । यसमा सामान राख्नाले, कालो रङ्ग प्रयोग गर्नाले मनमा क्रोध, अशान्ति, दाम्पत्य कलह, कार्य अशिद्धि आदि विभिन्न समस्या आइपर्दछ । वास्तु शास्त्रीय रङ्ग सम्बन्धी विषयमा वैज्ञानिकहरुले के प्रमाणित गरिसकेका छन् भने– सामाजिक समारोह एवं जन्म दिनको पार्टीहरुमा विभिन्न प्रकारका रङ्गलाई विशिष्ट संयोजन गरि आएका आफ्ना सबै अथितिलाई भरपुर सन्तोष र प्रसन्नता प्रदान गरेको देखिन्छ । शुभ रङ्गको उपयोगले मनुष्यलाई निखारेर सुख एवं सफलता बृद्धि गर्छ ।
केही विद्वान् आफ्नो शक्ति, प्रतिभा तथा भाग्य बढाउन शुभ ग्रह र ग्रहसँग सम्बन्धीत रङ्गको उपयोग गर्दछन् । केही वास्तु अनुसन्धान कर्ताले पत्ता लगाई,स्वीकार गरिसकेका छन् कि ह्रस्व, दीर्घ,प्लुत,उदात्त,अनुदात्त,स्वरीत,संवार,नाद,घोष र अघोष स्वर लहरी जुन प्रकारले कानबाट प्रवेश गरी अन्तस्करणमा पुगी, मनमा सुख दुखको भावना उत्पन्न हुन्छ ,हो त्यसै गरि नेत्र मार्गबाट विभिन्न रङ्ग प्रवेश गरी हाम्रो मनमा हर्ष वा विस्मात्को भाव प्रकट गर्दछ । हामीले वास्तु शास्त्रानुसार ग्रह अनुकुल रङ्गको पहिचान गरि त्यस रङ्गको वीचमा बसि जीवन यापन गर्न सिक्यौ भने मानसिक क्लेष, सन्ताप एवं उद्य्विग्नताबाट सहजै मुक्ति पाउन सम्भव छ । रंग चिकित्सा प्रणालीलाई विचार गरी हामीले लगाउने वस्त्रमा विभिन्न रंग दिइएको, भरीएको हुन्छ । हामीले काम गर्ने स्थान एवं स्कुल कलेजमा, कलम, पेन्सिल, कागज, व्यक्तिगत प्रयोगको वस्तु, हामीले लगाउने कपडा, स्कुल ड्रेस, जुत्ता आदिमा विभिन्न रङ्गको प्रयोग भएको पाइन्छ । यसरी रङ्गको समायोजन गरी कार्य गरेको खण्डमा आत्मवल, हिम्मत, जोश जाँगर र मनोवल बढ्न गई आर्थिक एवं इष्टकार्यमासमेत वृद्धि हुन जान्छ । शुभ रङ्गको प्रयोगले वातावरणमा सकारात्मक उर्जा उत्पन्न हुन गई कार्य सिद्धिमा अनुकुल हुन्छ  र घर एवं कार्यालयमा परस्पर स्नेह, सद्भाव र सहयोगमा बृद्धि भर्ई शुख सन्तोषले जीवन यापन गर्न सकिन्छ । वास्तु विद्याको उपयोग बाहिरी निर्माणमा मात्र नभई आन्तरिक साजसज्जामा समेत आवश्यक पर्दछ । घरको भित्रीवास्तुलाई अचेल सर्वाधिक महत्व दिन थालिएको छ ।
रङ्गको विवेचना
रातो रङ्ग – रातो रङ्गमा राम्रो नराम्रो दुवै प्रभाव हुन्छ । रातो रङ्ग अग्निको प्रतिक मानिन्छ । यो रङ्गको प्रभावले भाग्य उन्नति, प्रसिद्धि प्राप्त गर्नुका साथै अन्य उन्नति र कार्य क्षमतामा समेत बृदि गर्ने गर्छ ।
पंहेलो रङ्ग – पंहेलो रङ्गले भगवान सूर्यलाई प्रतिनिधित्व गर्छ त्यसैले पृथ्वीमा रहेका प्राणी एवं वनस्पतीहरुलाई बाच्नको निमित्त सकारात्मक उर्जा र पोषण तत्व प्रदान गर्दछ ।
हरियो रङ्ग – हरियो रङ्गले वृक्ष एवं वनस्पतिको प्रतिनिधित्व गर्द यसले वातावरणीय स्वास्थ्य र नेत्रदृष्य शक्तिलाई आनन्दमय सुख र शान्त बनाउँने गर्छ ।
कालो रङ्ग – कालो रङ्गले अशान्ति र रोग व्याधिको प्रतिनिधित्व गर्छ । घरमा कालो रङ्गको अधिक प्रयोग गरेमा चिन्ता र निराशा बढाउनुको साथै कार्य दक्षतामा कमजोर बनाउने गर्छ ।
सेतो रङ्ग – सेतो रङ्ग सफा एवं शुद्धताको प्रतिक मानिन्छ । यसलाई शोक पर्दाखेरी प्रयोग गरिने हुनाले कतिपय व्यक्तिले यसलाई त्यति रुचि दिँदैनन् । वास्तुशास्त्रीय रङ्ग सम्बन्धी विषयमा वैज्ञानिकहरुले के प्रमाणित गरिसकेका छन् भने सामाजिक समारोह एवं जन्मदिनको पार्टिहरुमा विभिन्न प्रकारका रङ्गहरुलाई विशिष्ट संयोजन गरि, पार्टिमा आएका आफ्ना सवै अतिथिलाई भरपुर सन्तोष, आनन्द र प्रशन्नता प्रदान गरेका देखिन्छ । शुभरङ्गको उपयोगले व्यक्तिलाई निखारेर सुख एवं सफलता बृद्धि गर्छ । केही विद्धानहरु शक्ति, प्रतिभा तथा आफ्नो भाग्य वल वढाउन शुभ ग्रह र ग्रहसँग सम्बन्धीत रङ्गको उपयोग गर्दछन् ।
(लेखक राजकुमार सुवेदी वास्तु शास्त्री हुन् ।)
victoria20602003@gmail.com

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist