Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दलाई लामा चीनसँग नजिकिँदा नेपाललाई साइड इफेक्ट

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ४ गते, १२:५४ बजे
दलाई लामा चीनसँग नजिकिँदा नेपाललाई साइड इफेक्ट
23
SHARES
Share on FacebookShare on Twitter

‘हाम्रा केही मान्छे पैसाका लागि अमेरिका र वेल्जियम गएका छन् । हामीलाई पैसा चाहिन्छ हैन त ? त्यसो हो भने हामी स्वायत्तता लिएर संयुक्त रुपमा चिनियाँ संघमा बसौं ।’

-संजिव वाग्ले 

के साँच्चै नै दलाई लामा र चीनको मिलन होला ? बिसौं शताब्दीको मध्यबाट सुरु भएको तिब्बती समस्या अहिले आएर समाधान होला त ? तिब्बती स्वतन्त्रताका पक्षधर चीनसँग मिलेर बस्लान् ? चीन, तिब्बत र अमेरिका लगायत पश्चिमाको त्रिकोणात्मक राजनीतिक खेलमा नेपाललाई के असर पर्ला ?

यी प्रश्नहरु नेपालमा तिब्बती शरणार्थी पसेको देखेका, खम्पा बिद्रोह भोगेका पुस्तादेखि पछिल्लो भारतीय नाकाबन्दी भोगेका पुस्तासम्मको चासो र जिज्ञासाको बिषय हो ।

निर्वासित तिब्बती धार्मिक नेता दलाई लामा र निर्वासित तिब्बती सरकारका गतिविधि सम्बन्धमा संचारमाध्यमहरुमा विश्वव्यापी रुपमा समाचारहरु त आइरहेकै थिए । एक दिन दलाई लामाको एउटा यस्तो भिडियो सार्वजनिक भयो जसले तिब्बत मामिलामा आधा शदीदेखि भइरहेको चलखेल र राजनीतिलाई नयाँ मोड दिएको छ ।

१२ सेप्टेम्बर २०१८ मा यूट्युबमा सार्वजनिक भएको सो भिडियोमा दलाई लामा आफ्ना अनुयायीहरुसँग तिब्बत स्वतन्त्रताको आन्दोलन सहज नभएको बताउदै आफ्नै जीवनकालमा चीनसँग मिलेर तिब्बतीहरुको भविष्य सुनिश्चित गर्नेतर्फ स्पष्ट बोलेका छन । भारत स्थित धर्मशालामा खिचिएको भनिएको तीन मिनेट २४ सेकेन्ड लामो सो भिडियोमा उनी भन्छन्–

‘हाम्रो धर्म र संस्कृति बचाउनका चीन अन्तर्गत स्वायत्त तिब्बतमा रहनु अझ राम्रो हुन्छ । चीनको संबिधानमा केही स्वायत्त क्षेत्रहरुको ब्यवस्था छ । चीन अन्तर्गत तिब्बत स्वायत्त क्षेत्रको रुपमा हाम्रा तीन प्रदेशमा हामीले हाम्रो धर्म र सस्कृतिको रक्षा गर्न सक्छौं ।’

पचास बर्ष लामो तिब्बती स्वतन्त्रता संघर्षको अन्त्य गर्नेतर्फ संकेत गर्दै धार्मिक नेता लामा थप्छन्– ‘यदि हामीले स्वतन्त्र तिब्बतमा रुची देखायौं भने हामी भिखारी हुन्छौ । तर, चीन सरकार अन्तर्गत रह्यौं भने हामीसँग लाखौं रुपैयाँ हुनेछ ।’

तिब्बती नेताहरु अमेरिकी र पश्चिमी पैसामा लोभिएको संकेत गर्दै उनी प्रश्न गर्छन्– ‘हाम्रा केही मान्छे पैसाका लागि अमेरिका र वेल्जियम गएका छन् । हामीलाई पैसा चाहिन्छ हैन त ? त्यसो हो भने हामी स्वायत्तता लिएर संयुक्त रुपमा चिनियाँ संघमा बसौं ।’

चीन सरकारले निकट भविष्यमै आफूलाई चीन बोलाउने संकेत गर्दै लामा भन्छन्– ‘एकदुई वर्षपछि हाम्रा लागि ठूलो परिवर्तन हुनेछ । पहिला मलाई चीन तिर्थयात्रा जाने इच्छा छ । त्यसपछि मेरो जन्म थलो र ल्हासा पालैपालो जाने ईच्छा छ ।’

विगत पचास बर्ष लामो संघर्षमा तिब्बती स्वतन्त्रताको आन्दोलनले निस्वार्थ साथ नपाएको तीतो यथार्थलाई लामा स्वीकार्छन । भारत, अमेरिका र युरोपले आफ्नो रणनीतिक स्वार्थ अनुकूल तिब्बतीहरुलाई प्रयोग गरेको निष्कर्षमा उनी पुगेका छन् । विश्वमा शक्तिशाली बन्दै गएको चीनसँग पौंठेजोरी खेलेर पार नलाग्ने कुरा दलाई लामाले स्वीकारेका छन् ।

उनी भन्छन– ‘हामीले सधैंभरी स्वतन्त्र तिब्बत भन्यौं, तर के वास्तवमै हामी स्वतन्त्र तिब्बतका लागि चीनमाथि विजय पाउन सक्छौं त ? मानिसहरु भन्छन– यो गर्न सकिँदैन ।’ यति भनिसकेर दलाई लामा हास्न थाल्छन् । तर, स्रोताका रुपमा रहेका अनुयायीहरु चाहिँ रुन थाल्छन् ।

उनीहरुलाई सम्झाउँदै स्वतन्त्रताको संघर्ष पार नलाग्ने तर्फ संकेत गर्दै दलाइ लामाले अगाडि भनेका छन्– ‘यदि तिमीहरुले चमत्कार देखाउन सक्छौ भने त्यो फरक हो । अर्कातिर भारत, अमेरिका लगायत सबै चीनको साथी भइसकेका छन् ।’

त्यसो त तिब्बती धार्मिक गुरु एवम् स्वतन्त्रता आन्दोलनका सर्वोच्च नेता दलाई लामाले विगत केही वर्षयता आफ्ना निकटहरु सँग तिब्बती स्वतन्त्रताको आन्दोलनले पूर्णता पाउनु असम्भव बन्दै गएको भन्न थालेका छन । तिब्बत मामिलामा अमेरिकी रणनीति बुझेका दलाई लामा तिब्बती शरणर्थीको भविष्य कसरी सुरक्षित बनाउने भन्नेमा चिन्तित देखिन्छन् ।

भविष्यमा चीन–अमेरिका बीच बढ्दै जाने शक्ति संघर्षमा सबैभन्दा बिचल्ली तिब्बतीहरुको हुने भन्दै उनी चिन्तित छन् । एकातिर सामरिक र आर्थिक शक्तिका रुपमा चीन झनझन शक्तिशाली बन्दै जानु अर्कातिर आफू जीवनको उत्तराद्र्धतिर पुग्नुले उनको चिन्ता अझ थपिएको अनुमान गर्न सकिन्छ ।

अमेरिका, युरोप र भारतको सहयोगले तिबब्ती स्वतन्त्रता हासिल नहुने निष्कर्षसँगै लामाले आफ्नो जीवनकालमै तिब्बती संघर्षलाई सकुशल अवतरण गराएर तिब्बतीको भविष्य सुनिश्चित गर्न खोजेको देखिन्छ । कथंकदाचित दलाईको जीवनकालमै तिब्बती शरणार्थी समस्याको सुरक्षित निकास निस्कन सकेन भने उनीहरुको भविष्य अनिश्चित अन्धकारतर्फ धकेलिने छ । यही कोणबाट दलाईको चिन्ता आएको आकलन गर्न सकिन्छ ।

उनी तिब्बती शरणर्थीको सवाललाई एक कदम पछाडि हटेर भएपनि सुरक्षित अवतरण गराउने पक्षमा लागेको छनक मिल्छ । दलाईका पछिल्ला यी अभिव्यक्ति र चीनप्रति उनको नरम हुँदै गएको व्यबहारबाट भारत, अमेरिका र पश्चिमाहरू भने सशंकित बनेका छन् । लामाका अनुयायीहरुलाई नै लामा बिरुद्ध प्रयोग गर्दैछन् । पछिल्ला दिनमा लामाले उनीहरुको अपमान र असहयोग झेल्दै आएका छन् ।

भारतीय चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा लामाले आफूले स्वतन्त्र तिब्बतको दावी छाडेको बताएका छन् । उनी भन्छन– ‘बितेको कुरा बितिसक्यो । हामीले भबिष्य हेर्नुपर्छ । तिब्बतीहरु चीनसँग मिलेर बस्न चाहन्छन ।’ चीनसँग मिलेर जाने कुरामा जोड दिँदै स्पष्ट शब्दमा लामा भन्छन्– ‘तिब्बतको स्वतन्त्रता अब हाम्रो चाहना रहेन । हामी चीनसँग मिलेर बस्न चाहन्छौं । हामीलाई अब धेरैभन्दा धेरै बिकास चाहिएको छ ।’

बिगतमा तिब्बतको स्वतन्त्रताको नाममा पश्चिमाबाट प्रयोग भएपनि अनुभवी र पाका धार्मिक नेता दलाईले अमेरिकी तथा पश्चिमा रणनीति प्रष्टसँग बुझेका छन् । लामाका अभिव्यक्तिहरुले त्यसैको संकेत गर्छ । दलाईको माथिका अभिब्यक्तिपछि युरोप भ्रमणका क्रममा उनीमाथि दुर्ब्यवहार समेत भएको छ ।

गत बर्ष तिब्बती निर्वासित सरकारको बार्षिक कार्यक्रममा भाग लिन जानबाट आफ्ना नेता र कर्मचारीलाई रोक्न भारत सरकारले उर्दी नै जारी गरेको थियो ।’ धर्मशाला लगायत संसारभर रहेका तिब्बतीहरुमा फुट ल्याउने प्रयास भइरहेका छन् । दलाईकै बिरुद्दमा तिब्बती शरणार्थीलाई गोलबद्ध पार्ने प्रयास भइरहेको छ ।

यी कुरा बुझेरै दलाईले तिब्बतीको भविष्य सुरक्षित गर्न चीनसँग मित्रताको हात बढाउन प्रयास गरेको बुझ्न सकिन्छ । दलाई चीनसँग नजिकिन खोज्दैछन् । यसको साइड इफेक्ट नेपाललाई पर्न सक्छ । चीनलाई तिब्बत प्रकरणबाट समस्यामा पार्न नसकिने हुँदै गएपछि अर्को कुनै कार्ड प्रयोग गर्नेछन् । त्यस्तो कार्डका रुपमा नेपाललाई धेरै पहिलेदेखि उनीहरुले विकसित गर्न प्रयास गर्दै अ‌ाएका छन् । तिब्बती शरणर्थी प्रकरणको विकल्पमा नेपाललाई अझ धेरै प्रयोग गरिन सक्छ । त्यसैले नेपालमा आगामी दिनमा जातीय, धार्मिक र क्षेत्रीय मुद्दालाई अझै पेचिलो बनाइन सक्छ ।

त्यसो त पछिल्लो समयमा अन्तराष्ट्रिय मञ्चहरुमा चीनको बढ्दो हैसियतसँगै विरोधी शक्तिहरुले ‘तिब्बत कार्ड’ खेलाउन गाह्रो हुँदै गएको छ । त्यसैले तिब्बती समस्यालाई जीवित राखिरहन चीन बिरोधी शक्तिहरुले अन्य विकल्प खोज्नेछन् । चीन शक्तिशाली बन्दै गएको अवस्थामा पनि विभिन्न कारणले चीनको अन्तराष्ट्रिय छवी त्यति धेरै सकारात्मक छैन । त्यसमा पश्चिमाले उठाउँदै आएको मानवअधिकारको विषयले भूमिका खेलेको छ । तिब्बत मामिलामा पनि यो बिषय जोडिएर आउने गरेको छ ।

तर, अन्तराष्ट्रिय समुदायमा दलाईको छवी भने राम्रो मानिन्छ । लामा तिब्बती धर्म र संस्कृतिको प्रतिक हुन् । आस्थाको केन्द्र हुन् । उनी नोबेल शान्ति पुरस्कार बिजेता हुन् ।  चीन दलाई लामाको त्यो छवी धुमिल बनाएर मात्र लामालाई चीन प्रवेश गराउने पक्षमा देखिन्छ । यसको प्रत्यक्ष असर तिब्बती बुद्दिजममा पर्न सक्छ । त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर नेपालमा पनि हुनेछ ।  यस कुरालाइ पनि पश्चिमा शक्तिहरुले उठाउने र अन्तराष्ट्रिय मञ्चहरुमा चीनलाई अफ्ठ्यारो पार्ने, तिब्बतीलाई उचाल्ने भड्काउने काम गर्न सक्छन ।  त्यसको प्रत्यक्ष असर नेपालमा पर्न सक्छ ।

त्यसका लागि स्वतन्‍त्र तिब्बत गतिविधिका पक्षधरहरुलाई दलाई बिरुद्द भड्काइने सम्भावना बढ्दो छ । यसमा नेपाल सचेत हुनुपर्छ । चीन बिरुद्द कुनै पनि गतिविधि नेपालले अ‍ाफ्नाे भूमिमा हुन दिन हुँदैन । चीनको तिब्बत समस्या समाधान हुनु नेपालका लागि खुसीको कुरा हो । नेपालको हितमा रहन्छ । नेपालले सजगतापूर्वक तिब्बती मामिलालाई हल गर्न सहयोग दिनुपर्छ । यस मामिलामा नेपालले सहयोग गर्दै गर्दा नेपाललाई त्यसका साइड इफेक्ट देखिन सक्छ । त्यसका लागि चीनसँग नेपालले स्पष्ट कुरा राखेर रणनीतिक रुपमा अगाडि बढ्नुपर्छ । सीमा जोडिएको छिमेकीका समस्या समाधान हुनु भनेको नेपालको लागि खुसीको कुरा हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist