ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

भूराजनीतिको साधारण परख

नेपाललाई हिन्दु राष्ट्र बनाउन आफूले खेलेको भूमिका चुनावी कमोडिटी बन्ने आकलन मोदी–शाह–विष्टको हुन सक्छ ।

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ४ गते, १३:२४ बजे
भूराजनीतिको साधारण परख
19
SHARES
Share on FacebookShare on Twitter

-उज्ज्वल प्रसाई

भूराजनीतिक तानाबाना आम नागरिकको पहुँचभन्दा परका खोपीहरूमा बुनिन्छ । बाहिर चुहिने सूचना कति विश्वसनीय हुन्, यसै भन्न सकिन्न । परिणामका रूपमा प्रत्यक्ष देखिने वा अनुभूति हुने घटना भएमा ती यसकारण भए होलान् भनेर अनुमान लगाउन सकिन्छ । परिणाम प्रकट नभइन्जेल रहस्यकै खेती भइरहन्छ । भूराजनीतिक विश्लेषकका रूपमा पहिचान बनाएका विद्वान्का गफले पनि उति भेउ दिँदैनन्; तिनका सामथ्र्यभन्दा ज्यादा सीमा हुन्छन् । चनाखा पत्रकारले ‘स्रोत’ बाट थुतेका सूचनाले नागरिकलाई कति सुसूचित गरेभन्दा पनि कसको राजनीतिलाई सघाए भनेर सोच्नुपर्ने हुन्छ । त्यसैले षड्यन्त्र सिद्धान्तको बजारभाउ आकासिन्छ ।

षड्यन्त्र सिद्धान्तको मेहरोमा फस्नुभन्दा विश्वसनीय माध्यममा आएका सही सूचनाका स–साना विन्दु जोडेर अवस्थाको आकलन गर्नु श्रेयस्कर हुन्छ । यति काम गर्नका लागि खास प्राज्ञिक तालिम वा नेपथ्यमा रचिने षड्यन्त्र सुँघ्न सक्ने विशिष्ट घ्राणशक्ति आवश्यक हुँदैन । जस्तो, हामी आम नागरिकले थाहा पाएका केही सूचनाको कसीमा केपी ओली नेतृत्वको नेपाल सरकार र नरेन्द्र मोदी नेतृत्वको भारत सरकारको सम्बन्ध र सो सम्बन्धले नेपालको राजनीतिमा पारेका प्रभाव बुझ्न सक्छौं । ठूलो भविष्यवेत्ता भएको स्वाङ नपारी आगामी राजनीतिक बाटोबारे सामान्य अनुमान लगाउन सक्छौं । हामीले थाहा नपाएका कुनै षड्यन्त्र वा विशिष्ट घटनाका कारण अलग परिणाम आउन सक्ने सम्भावना भने सधैं रहन्छ ।

केपी ओलीले आफ्नो पूर्ण सक्रियतामा गरेका केही कामका आधारमा ढुक्कले भन्न सकिन्छ, उनी आफूलाई हिन्दुवादको प्रवद्र्धकका रूपमा प्रकट गर्न चाहन्छन् । ठोरीमा राम मन्दिर बनाउन उनले देखाएको सक्रियता र त्यसका लागि उनले प्रदर्शन गरेको ‘इतिहास–विद्वत्ता’ आफैंमा एउटा रोचक प्रमाण हो । ठोरीवाले रामका लागि छुट्याइएको बजेटले उनको हिन्दुवादलाई नै प्रस्ट्याउँछ । भारतका हिन्दुवादीले उछालिरहने राम जन्मभूमिबारे भ्रमको नयाँ संस्करणस्वरूप ठोरी अघि सार्दा एकैसाथ राष्ट्रवादी पनि देखिन सक्ने उनको अनुमान पूरै गलत छैन । साथै, पशुपतिमा करोडौं खर्च गरेर सुनको जलहरी राख्न उनले देखाएको सक्रियता हिन्दुवादी रुझान प्रस्ट्याउन चालिएको बिलकुल राजनीतिक कदम नै हो ।

यसअघि ओलीले आफूलाई पञ्चायती राष्ट्रवादको बलियो अनुयायीका रूपमा प्रस्ट्याइसकेका थिए । समावेशिता र संघीयताबारे उनले सार्वजनिक रूपमा व्यक्त गरेका धारणा र प्रधानमन्त्रीका रूपमा उनले गरेका निर्णयहरू राम्रोसँग नियाल्नेले उनको विचारधारात्मक रुझान नबुझेको हुँदैन । त्यसैले हिन्दुवादीका रूपमा प्रकट हुनुलाई असाध्यै ठूलो आकस्मिकताका रूपमा व्याख्या गर्नु पूर्णतया सही हुँदैन । पञ्चायती राष्ट्रवादको एक बलियो आधारस्तम्भ हिन्दुवाद हो । विचारधाराको निरन्तरताका रूपमा उनको हिन्दुवादलाई बुझ्दा सही हुन्छ । तर, ठोरी र जलहरीजस्ता निर्णय भने भड्किला तमासा सृजनाका निम्ति उनलाई जरुरी लागेका हुन् । यस्ता तमासाले देशभित्रको हिन्दु मतलाई राम्ररी प्रभावित तुल्याउनेछ भन्ने उनलाई थाहा छ । सन् २००६ पछि नेपालमा भइरहेका परिवर्तनलाई पश्चिमा षड्यन्त्रका रूपमा व्याख्या गर्नेहरूको मन जित्न पनि यी तमासा लाभदायक छन् । र, भारतीय हिन्दुवादसँग साँठगाँठ गर्ने प्रस्ट वैचारिक भूमि पनि यस्ता प्रकट तमासाले तयार बनाइदिन्छन् ।

राष्ट्रवादका लागि सधैं एउटा दुस्मन आवश्यक हुने बुझेका नरेन्द्र मोदी र अमित शाहले ठोरीको राष्ट्रवाद स्विकारिदिएको हुन सक्छ । उता उनीहरूलाई मुस्लिम धर्मावलम्बी र पाकिस्तानजस्ता ‘दुस्मन’ हरू आवश्यक भइरहन्छन् भने यता पनि भारत र पश्चिमा क्रिस्चियनका भूतमा प्रहार गरिरहँदा नै राष्ट्रवाद सान्दर्भिक भइरहन्छ । ‘अन्य’–घृणाबिना राष्ट्रवाद बलियो हतियार बन्न सक्दैन र यसको प्रयोग गर्नेले बुझेको हुन्छ, त्यस्तो घृणा उछाल्न नसक्दा इच्छाएको परिणाम हात पार्न सम्भव हुँदैन । आफैंले बारम्बार सफलतापूर्वक प्रयोग गरेको हतियारको यस यथार्थलाई हृदयंगम गरेका कारण ओलीको ठोरी–राजनीतिलाई मोदी कोटरीले प्रतिकूल मान्दैन ।

आफूलाई प्रस्ट हिन्दुवादीका रूपमा प्रकट गरेका कारण नै ओलीको अवैध सत्ता टिकाउन भारतले सहयोग गरेको हुन सक्छ । त्यही सिलसिलामा मधेसी जनताका नाममा थाती रहेका केही मुद्दामा मोलाहिजा गरेको सतही नाटक मञ्चनपछि महन्थ ठाकुर र राजेन्द्र महतोहरू ओली–कूमा सामेल भएका हुन् । ठाकुरलाई तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गर्ने बेलादेखि नै भारतले सहयोग गरेको यथार्थ कसैका सामु छिपेको छैन । उपेन्द्र यादवको उदयबाट खासै खुसी हुन नसकेको उस बेलाको भारतीय सत्ता मधेसमा अर्को शक्ति उदाएको हेर्न चाहन्थ्यो । परिणाम, तमलोपाको जन्म भयो । यी घटनाका सम्पूर्ण सिलसिला उल्लेख गरेर किताबहरू नै लेखिएका छन् र ती विवरणहरू असत्य भएको स्वयं ठाकुरहरूले पनि बताएका छैनन् । उहिल्यैदेखि गरेका सहयोगको ब्याज उठाउने यस्तै बेला त होला †

मधेसकै लागि त्यो बदनाम नाकाबन्दी गरिदिएको भारतीय दाबीले पनि ठाकुरहरूलाई लघारेर ओलीको शरणमा पुर्‍याएको बुझ्न विलक्षण विद्वत्ता आवश्यक पर्दैन । सत्ता मोलाहिजाबाट मधेसका नाममा केही हातलागी भइहाले कुनै दिन चुनावमा भजाउन सकिएला भन्ने अनुमान पनि पक्कै छ, महतोहरूको । त्यही हात लागेको भनेर प्रचारित उपलब्धिमा अदालतले व्यवधान सृजना गर्दा पनि सत्ताबाट उनीहरू टसमस हुँदैनन् । आफ्नै पार्टी चकनाचुर भइसक्दा पनि उनीहरू ओलीको बचाउमा दृढतापूर्वक डटिरहन्छन् । त्यति मात्रै होइन, ओलीले बजेटमार्फत औपचारिक रूपमा चुरे बेच्ने निर्णय सुनाउँदा पनि महतोहरू उनकै मतियार बनिरहन्छन् । चुरे नासिँदा सिंगो तराई मरुभूमि हुन्छ । मधेसको मरुभूमीकरण गर्ने उद्देश्य राखेको सरकारमा मधेस मुक्तिका लागि राजनीति गरेको दाबी गर्ने ठाकुर–महतोहरू किन सामेल भइरहन्छन् त ? केवल केही दिनको मन्त्री पदको न्यानोका लागि यो हदको जोखिम उठाएका हुन् उनीहरूले ? पक्कै होइन । ओली–सत्ताको दीर्घायुका लागि उनीहरू सत्तामा गएका हुन् ।

यहाँनेर एउटा सामान्य प्रश्न उब्जिन्छ, ओलीको सत्ता टिकाइरहँदा मोदीको भारतलाई के लाभ हुन्छ ? विशाल भारतको एउटा सहर बनाउन आवश्यक गिट्टी र बालुवा मात्रैका लागि ओली–सत्ताको दीर्घायु उसको चाहना होला ? कुनै खास ठोकुवा गर्न सकिन्न । तर अनुमान लगाउन सकिने केही ठाउँ छन् ।

नेपाललाई हिन्दु राष्ट्र बनाउने चाहना भारतीय जनता पार्टी (भाजपा) र खासगरी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का नेताहरूले बारम्बार प्रकट गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट्का रूपमा सम्मान गर्ने उपक्रम उनीहरूले अझै जारी राखेका छन् । कोरोना संक्रमणको जोखिम झेलेर शाहले कुम्भमेला इत्यादिको भ्रमण गर्ने रहर त्यसै प्रदर्शन गरेका होइनन् । योगी आदित्यनाथ भनिने अजय विष्टजस्ता आरएसएस पृष्ठभूमिका हिन्दुवादी नेताहरू नेपाललाई हिन्दु राष्ट्र बनाउने सपना अझै बुनिरहन्छन् ।

यहाँ बिर्सन नहुने एउटा यथार्थ छ, सन् २००६–७ पछि नेपालमा भएका परिवर्तनलाई नरुचाउने केपी ओली प्रवृत्तिका ‘कम्युनिस्ट’ मात्र होइनन्, कमल थापा मार्काका दक्षिणपन्थी मात्रै होइनन्, हिन्दुवादी कांग्रेसी मात्रै पनि होइनन्, अजय विष्टजस्ता भारतीय दक्षिणपन्थीहरू पनि उत्तिकै बेखुुस र निराश भएका हुन् । खासगरी गणतन्त्र र धर्मनिरपेक्षताप्रति विष्टहरू रुष्ट थिए । एउटै उद्देश्य र विचारधारा भएका व्यक्ति, समूह र प्रवृत्ति अहिले शक्ति र सत्तामा छन् । समान उद्देश्यका लागि यी सबैले मिलेर भूराजनीतिलाई खास आकार दिन चाहे भने नेपालमा केही समयदेखि फणा उठाउन खोजिरहेको दक्षिणपन्थी राजनीतिले प्रश्रय पाउनेछ । यीमध्ये केहीले आफ्नो शक्ति र सत्ता अविच्छिन्न राख्न र केहीले सत्तामा पुग्न समझदारी बनाएका हुन सक्छन् ।

कमल थापा अचेल ओलीको समर्थनमा खुलेर बोल्छन् भने, ओलीविरोधी हुन पुगेका माधव, प्रचण्ड र झलनाथहरूलाई खिसी गर्छन् । साथै, आफ्नो पार्टीले पहिले छोडेको राजतन्त्रको माग ब्युँताएको बारम्बार बताइरहन्छन् । आफ्नो हिन्दुवादको अक्षुण्णताबारे पनि सबैलाई सम्झाइरहन्छन् । साथै, कांग्रेसका राष्ट्रवादी र हिन्दुवादीले ओलीप्रतिको अनुराग सार्वजनिक रूपमा प्रकट गरेको र ओलीलाई सघाउन हरसम्भव प्रयत्न गरेको सम्झनु उपयुक्त हुन्छ ।

स्वयं सभापति शेरबहादुर देउवा लामो समयसम्म ओलीप्रति नरम रहनु र संसद् विघटनजस्ता बवन्डर गरिसकेका ओलीलाई नै निरन्तरता दिने पक्षमा देखिनु उनको सदाशय होइन । देउवाको राजनीतिबारे सामान्य सूचना राख्ने जोकोहीले यस्तो नाटकीय सदाशयलाई पचाउन सक्दैनन् । खासगरी, आगामी महाधिवेशनमा बाजी मार्न मोदीको साथ र ओलीको आड अत्यन्त आवश्यक रहेको देउवाको ठम्याइ छ । आजपर्यन्त उनी त्यही ठम्याइमा अडिएका हुन सक्छन् । यद्यपि केही दिनपहिले भारतको कुत्सित खेलले नेपालमा समस्या पैदा भइरहेको संकेत गर्दै जारी भएको पूर्वप्रधानमन्त्रीहरूको विज्ञप्तिमा देउवाको समेत हस्ताक्षर थियो ।

नेपाललाई हिन्दु राष्ट्र बनाउन आफूले खेलेको भूमिका चुनावी कमोडिटी बन्ने आकलन मोदी–शाह–विष्टको हुन सक्छ । खस्कन थालेको जनाधारलाई केही दिन भए पनि तरंगित पार्न उनीहरूका लागि यो ‘सफलता’ लाभदायक हुन सक्छ । भाजपा र आरएसएसको समेत आडमा ओलीले आफ्नो सत्ता अक्षुण्ण रहन्छ भन्ने अनुमान गरेका हुन सक्छन् । राप्रपाजस्ता शक्तिले पनि यसमा आफ्नो स्पेस बनाउने सम्भावना देखेका हुन सक्छन् । मधेसकेन्द्रित नेताहरूबारे माथि नै भनिसकियो । लोकतान्त्रिक वा वामपन्थी खोल ओढेका सुकिला नेपाली राष्ट्रवादीलाई मन नपरेको धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र संघीयताजस्ता प्रावधान कमजोर बनेको वा नष्ट भएको हेर्ने रहर यही मौकामा पूरा हुन सक्छ । देउवा नेतृत्वको कांग्रेसको अदूरदर्शी अवसरवाद र विचारशून्यता यो गठजोडलाई सफल बनाउने असली कारक बन्ने त छँदै छ ।

ओलीले सत्ता निरन्तरताका लागि गरेका सबै कृत्यका कारण उनैद्वारा हदै महिमामण्डित संविधान संकटग्रस्त बनिसकेको छ । दिन–प्रतिदिन असान्दर्भिक बन्दै जाने खतरा पनि छ । समाजको लोकतान्त्रिक रूपान्तरण अवरुद्ध हुन थालेको त अझै धेरै भयो । सो अवरोधको स्पष्ट अनुहार र अभिव्यक्ति भने ओली नै बनेका छन् ।

युट्युबतिर चल्तीमा रहेका ‘सेलेब्रिटी’ विश्लेषकका जस्ता कुनै विशेष सूचना वा विलक्षण प्रज्ञाका आधारमा होइन, सतहमा देखिएका सूचनाको अत्यन्तै सामान्य परखको भरमा यी अनुमान गरिएका हुन् । अनुमान साँचो हुने संकेतहरू बढी प्रस्ट हुँदै गएमा धेरैभन्दा धेरै नागरिकले लोकतन्त्रको मजबुतीका लागि आन्दोलनको खाँचो महसुस गर्लान् ।

कान्तिपुरमा प्रकाशित : असार ३, २०७८ २०:२०

Tags: ओली-मोदी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist