ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कमिसनको चक्करमा किनेका वारुणयन्त्र प्रहरीले बुझ्न मानेन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १२ गते, ११:२९ बजे
कमिसनको चक्करमा किनेका वारुणयन्त्र प्रहरीले बुझ्न मानेन
20
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम, प्रदेश २ सरकारले खरिद गरेको वारुणयन्त्र प्रदेश प्रहरीले लिन अस्वीकार गरेपछि सरकारले स्थानीयतहलाई बुझाउने तयारी गरेको छ ।

सरकारले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई बुझाउने गरी गत आर्थिक वर्ष २०७७/०७८ मा झण्डै साढे ४ करोड खर्चेर ९ वटा वारुणयन्त्र खरिद गरेको थियो ।

वारुणयन्त्र संचालन तथा रेखदेख सम्बन्धी कार्यविधि नै नबनाई तथा प्रहरी प्रशासनसँग छलफल नै नगरी तत्कालिन आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र कुमार यादवले कमिसनको प्रलोभनमा उक्त वारुणयन्त्र खरिद गरेको आरोप लागेको छ ।

खरिद गरिएको लामो समय सम्म पनि प्रहरीले उक्त वारुणयन्त्र विनाशर्त लिन अस्वीकार गरेपछि बर्तमान आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले स्थानीयतहलाई बुझाउने तयारी गरेका हुन् ।

लामो समयदेखि खुल्ला आकासमा थन्काइएका वारुणयन्त्र बिग्रिने अवस्थामा पुगेका छन् । प्रहरीले वारुणयन्त्र संचालनको लागि इन्धन, मर्मतसम्भार गर्न वर्षेनी बजेट छुट्याउनुपर्ने सर्त राखेको छ ।

प्रदेश सरकारले प्रहरीको उक्त सर्त अस्वीकार गरेको छ । मन्त्री साहले प्रदेश प्रहरी अझै पनि संघीय सरकारकै मातहतमा रहेकोले बजेट दिन नसकिने जनाउँदै आएको छ ।

प्रदेश सरकारले बजेट दिन नसकिने भनेपछि प्रहरीले ९ वटा वारुणयन्त्रमध्ये ४ वटा मात्रै लिएको छ । नेपाल प्रहरी अन्तर्गत वीरगंजमा रहेको विपद व्यवस्थापन केन्द्र, धनुषाको ढल्केवरमा रहेको गण, सप्तरीको राजविराजमा रहेको प्रहरी तालिम केन्द्र र सशस्त्र प्रहरीको प्रदेश कार्यालयको लागि ४ वटा वारुणयन्त्र प्रहरीले केही दिन अघि बुझेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist