काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा असार १७ गते अपरान्ह ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो। संविधानको धारा ९३ ९१० अनुसार राष्ट्रपतिले राष्ट्रिय सभा अधिवेशन आह्वान गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभा विघटन भइसकेकाले राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।







