कर्णाली २७ साउन । कर्णाली अञ्चलको म्पसमा उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको गाडी आन्दोलनरत विद्यार्थीले तोडफोड गरेका छन् । मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी थिए । आन्दोलनरत विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् ।
प्रा डा नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा यो समेत दुईपटक तोडफोड भएको बताउनुभयो । उहाँका अनुसार मुसोममा अन्तक्र्रिया भइरहेका बेलामा आन्दोलनरत विद्यार्थीले ढुङ्गामुढा गर्नुका साथै निवासमा पार्किङ गरी राखिएको गाँडीमा बञ्चरो प्रहार गरिएको हो ।
तोडफोडबाट गाडीको सिसा फुटेको बताइएको छ ।
‘उच्च शिक्षाका चुनौती र वर्तमान अवस्थाको बारेमा उपकुलपति सिंह मुसोममा विश्वविद्यालयमा देखिएका समस्याहरुको समाधानका उपाय’ विषयक अन्तक्र्रियाबाट फर्कने क्रममा प्रहरीसँगको झडपमा परी केही विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा मध्यपश्चिम विश्वविद्यालय अखिल (क्रान्तिकारी) का संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाहीलगायत छन् ।
चार विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनुपर्ने विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने लगायतका माग राखेर आन्दोलित छन् ।
उपकुलपतिको गाडिमा बञ्चरो प्रहार गर्नेलाई समूहलाई कारबाही माग गर्दै विश्वविद्यालयले एक विज्ञप्ति जारी गरेको बेला उता आन्दोलनमा दमन गर्ने विश्वविद्यालय पदाधिकारीलाई कारबाहीको माग पनि विद्यार्थीको समूहले गरेको छ ।
आन्दोलनरत विद्यार्थी समूहले आफूहरुले बञ्चरो प्रहार नगरेको र उपकुलपतिले उल्टै शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको भन्दै कारबाहीको माग राखेका छन् ।
फोटो श्रोत ः Newsofnepal.com