लुम्बिनी २९ साउन । लुम्बिनी प्रदेशका शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
विहीवार दिउँसो प्रदेश प्रमुख अमिक शेरचनले लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
केसी आफूँ मुख्यमन्त्रीमा नियुक्त भएको करिब तीन घण्टापछि सपथ लिएका थिए । केसी ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएसगै सात सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् ।
आफूले मुख्यमन्त्रीको रुपमा सपथ खाए पछि लगत्तै अन्य मन्त्रीलाई पनि सपथ गराउनु भयो ।
नयाँमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीवहादुर चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, जनता समाजबादी पार्टीबाट सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा माओवादीका कृष्णध्वज खडकाले आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा सपथ लिएका थिए ।
त्यसैगरी जसपाकी पुरमती ढेंगा र सुमन शर्मा तथा नवलपरासीबाट सूर्य चिन्ह लिएर चुनाव जित्नुभएका अजय शाहीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन ।