सुनसरी ३२ साउन । १ नं. प्रदेश सरकारले विराटनगरमा मन्त्रिीपरिषदको बैठकमा चालु अधिवेशन अन्त्य गर्ने निर्णयगरेको छ । सोमबार बसेको सम्पन्न बैठकले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष सिफारिस गरेको छ ।
सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न सिफारिस दिएको कुरा देशका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
अध्यादेश ल्याउने विषयतर्फ सरकारको सोच नरहेको बताउँदै उनले जारी सदनमा प्रदेश सभा सदस्यबीच कम रुची र प्रदेशको नामकरणको विषयमा संवेदनशील हुन नसक्दा अधिवेशन अन्त्यतर्फ मोडिएको बताए ।
प्रदेश सभा सदस्यमा कुनै रुचि नभएको, प्रदेशको नामकरण्मको विषयमा संवेदनशील हुननसकेको र अध्यादेश ल्याउने विषयमा सरकारको कुनै ध्यान नरहेको कारणले अधिवेशन अन्त्य गर्नुपर्ने सम्पर्ण बैठकको निर्णय थियो ।
प्रदेश नामकरणमा दलबीच छलफल सुरु भएपनि नामका बिषयमा तत्कालै सहमति सम्भावना नभएको कार्कीले जानकारी गराए । कांग्रेस तथा एमालेका आ–आफ्ना समस्याले गर्दा पनि सदनबारे कम रुची देखिएको कारण अधिवेशन स्थगित तर्फ बढेको थियो ।