ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बहुलवादी राष्ट्र लोसपाकाे एजेन्डा : महतो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ९ गते, १९:४४ बजे
बहुलवादी राष्ट्र लोसपाकाे एजेन्डा : महतो
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, ९ भदौ । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुलवादी राष्ट्र आफूहरुको पार्टीको एजेन्डा भएको बताएका छन् ।

निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले सञ्चारकर्मीसँग कुरा गर्दै बहुल संविधानले नै स्विकारेकाले त्योअनुसार शासन, अधिकार र संविधानका लागि लड्ने बताए ।

बहुराष्ट्रको नजानेर विरोध गरिएको महतोको भनाई थियो ।  ‘नेपाल एउटा देश हो । देशमा विवधता छ । नेसनालिटी बहुल छ । बहुल राज्य हो । त्यो अनुसार, शासन, संविधान र अधिकार चाहिएको छ । एउटाको देश होइन के । विभिन्न नेसनालिटी बसेको छ,’ उनले भने, ‘देशलाई खण्डित गर्छ भनेर नबुझेर प्रचार भयो । बुझपचाउनेहरुले गरेको प्रचार हो । बुझपचाएको हो ।’

बहुल राष्ट्र नयाँ कुरा नभएको महतोले बताए । महतोले आफ्नो पार्टीको एजेण्डा जनताको पहिचान, अधिकार, राष्ट्रिय मुक्ति आन्दोलन भएको पनि बताए । ‘नेपाल सबै नेपालीको हो । चार जात छत्तिस वर्णको फुलवारी हो । सबैको भावना समेटिनु पर्‍यो । सबैको देश हो । सबै नेपालीको देशको मान्यता स्थापित गर्न लोसपा अगाडि बढ्छ,’ उनले भने ।

नेता महतोले आफूहरुको लाइन गणतन्त्र नै भएको बताए । ‘यो देशमा राजा छैन राजावादी कहाँबाट आउँछ ? यो भूत भगाउनुस् । हामी गणतन्त्रवादी हो,’ उनले भने ।

महतोले सरकारमा सहभागी हुन प्रस्ताव नआएको पनि जानकारी दिए । ‘सरकारमा जाने प्रस्ताव आएको छैन । आएको अवस्थामा हाम्रो मूल्यमान्यता, मागको अवस्था हेरेर उचित निर्णय गर्छ । माग मुद्दाका लागि सरकारलाई समर्थन गरिसकेका छौं । माग पूरा गर्‍यो भने जान पनि सकिन्छ,’ उनले भने ।

महतोले भद्रगोल पार्टीबाट मुक्ति पाइएको टिप्पणी गरे । नयाँ पार्टी समावेशी पार्टी हुने, हिमाल, पहाड, तराई सबैलाई समेट्ने उनको भनाइ छ ।

महतोले छिट्टै पदाधिकारीको कार्यविभाजन गर्ने पनि उल्लेख गरे । ‘विगतमा देखिएको कमी कमजोरी हाम्रोमा देखिँदैन,’ उनले भने ।

नेता शरतसिंह भण्डारीले रेशम चौधरीबाहेक १४ जना सांसद र कार्यकारिणी समितिका १७ जनाले सनाखतको गरेको जानकारी दिए । ‘सनाखत भयो । दल दर्ता निर्वाचन आयोगले दिने हो । आजै दिन्छ होला,’ उनले भने ।

भण्डारीले सरकारमा जानेबारे अहिले कुनै टुंगो नभएको पनि बताए । ‘हाम्रो पार्टी दर्ताको टुंगो लागेपछि बस्छौं । विश्वासको मत दिएकाले सरकारको सहयोगी पार्टी हुन्छौं । माग मुद्दाको सम्बोधनमा भर पर्छ । मुद्दा सम्बोधन प्रतिबद्धता गरेको आधारमा विश्वासको मत दिएको हो,’ उनले भने ।

भण्डारीले सरकारमा जानेबारे नसोचेको पनि बताए । ‘माग मुद्दाकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको छ । माग मुद्दा सम्बोधनका आधारमा सरकारसँग सहकार्य हुन्छ,’ उनले भने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist