धनकुटा । धनकुटामा बसेकाे सर्वपक्षीय बैठकले ३ दिनसम्म संविधान दिवस मनाउने निर्णय गरेको छ ।
धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतमा र जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामागंको प्रमुख आतिथ्यतामा भएको सर्वपक्षिय बैठकले असाेज २ गते देखी चार गते सम्म मनाउने निर्णय गरेको हो ।
संविधान दिवसको अवसरमा असाेज २ गते मठ मन्दिर र गुम्बामा सरफाई गरिने, ३ गते सहिद भीम नारायण चौक धनकुटा सिरान बजारमा भेला भई प्रभात फेरी गरी धनकुटा बसपार्कमासम्म गई बसपार्कमा रहेको सहिद स्तम्भमा माल्यार्पण गरी धनकुटाका सहिद प्रती सम्मान गर्ने र असाेज २ गते देखी असाेज ४ गते सम्म साँझ दिपावली गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका नायव सुब्बा गजेन्द्र रम्तेलले वताएका छन् ।