ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेस अधिवेशन – बैतडीमा बढ्यो सरगर्मी, सभापतिका लागि एक दर्जन नेताको नाम चर्चामा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १८ गते, १५:२४ बजे
कांग्रेस अधिवेशन – बैतडीमा बढ्यो सरगर्मी, सभापतिका लागि एक दर्जन नेताको नाम चर्चामा
18
SHARES
Share on FacebookShare on Twitter
  • सीपी लोहिया

बैतडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया सुरू भएसँगै बैतडीमा यसको सरगर्मी बढेको छ ।  १० वटै पालिकाका कार्यसमितिहरुलाई विधान, नियमावली र निर्देशिकाको प्रशिक्षण दिइएको छ भने वडा अधिवेशनका लागि मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री दिएर पालिकाका ८४ वटै वडामा खटाइएको छ ।

बैतडीमा वडा अधिवेशन २१ भदौमा हुने छ । २७ भदौमा पालिकाको अधिवेशन हुनेछ भने दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेकोमा (क) र (ख)मा १ असोजमा क्षेत्रीय अधिवेशन हुनेछ । ५ असोजमा जिल्ला अधिवेशन सम्पन्न हुनेछ । सबै अधिवेशनका लागि अहिले सरगर्मी बढेको छ ।

१४औँ महाधिवेशन नजिक आउँदै गर्दा बैतडीमा नेतृत्व कसले लिने भन्ने विषयमा चर्चा हुन थालेको छ । बैतडीमा पार्टी सभापतिका लागि एक दर्जन नेताले आकांक्षा राखेको जिल्ला सचिव प्रेमबहादुर चन्दले बताए । उनले भने, ‘जिल्लामा महाधिवेशनको चहलपहल शुरु भइसकेको अवस्थामा नेताहरु नेतृत्वका लागि दाबी प्रस्तुत गर्न थालेका छन् ।’

बैतडीमा एक दर्जन नेताले सभापति बन्ने इच्छा देखाएको सचिव चन्दले बताए । उनले भने, ‘महाधिवेशनको संशोधित कार्यतालिका आएपछि चहलपहल बढेको छ ।’

नेपाली कांग्रेसको सभापतिमा वर्तमान सभापति नरेन्द्रसिंह थापासहित नौजना इच्छुक देखिएका छन् । पार्टीका पूर्वसभापति शिवराज भट्टले पनि सभापतिका लागि दावी प्रस्तुत गर्ने भएका छन् । लामो समयदेखि पार्टीमा रहेकोले पार्टीमा सभापतिको दाबेदारी प्रस्तुत गर्ने उनी निकट नेताहरुले बताएका छन् ।

यस्तै वर्तमान उपसभापति चतुरबहादुर चन्द पनि सभापतिको लागि दौडधुपमा लागेका छन् । पार्टीलाई गति दिन चन्दले सभापतिको दावी प्रस्तुत गरेको उनी निकट नेताहरुले बताएका छन् ।

यस्तै वर्तमान सचिव वीरबहादुर विष्टले सभापति बन्ने इच्छा देखाएका छन् । एक कार्यकाल पार्टीको सचिव भइसकेकाले अब सभापतिमा आफ्नो दावी रहेको उनले बताए ।

वर्तमान कोषाध्यक्ष रमेश पाण्डेय, पार्टीका पूर्वउपसभापति हरिसिंह धामी, महासमिति सदस्य केशवबहादुर चन्द, महाधिवेशन प्रतिनिधि दीपकबहादुर बम र पूर्वउपसभापति प्रतापसिंह ठगुन्नाले पनि सभापति बन्ने इच्छा देखाएको जिल्ला सचिव चन्दले जानकारी दिए ।

पार्टीको महाधिवेशन नजिकएसँगै नेता कार्यकर्ताहरुको दौडधुप शुरु भइसकेको छ । पार्टीको जिल्ला सभापति बन्न इच्छुक केही व्यक्तिले वडाको अधिवेशनपछि मात्रै दावी प्रस्तुत गर्ने बताएका छन् । महासमिति सदस्य उत्तर बहादुर ऐरले भने, ‘अहिले केही साथीहरुले दावी गरिरहनुभएको छ । त्यो स्वाभाविक पनि हो । तर केही व्यक्ति वडाको अधिवेशन सम्पन्न भएपछि दावी आउँछ ।’

बैतडीमा धेरै जनाले सभापतिका लागि आकांक्षा देखाएपनि अन्तिममा दुई खेमाका दुईजना उम्मेदवार हुने आंकलन गरिएको छ । संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा हुन सक्ने कांग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् ।

यसअघि १३औँ अधिवेशनका बेलासमेत धेरै आकांक्षीका रूपमा धेरै नेताहरुको नाम चर्चामा आए पनि वर्तमान सभापति नरेन्द्रसिंह थापा सर्वसम्मतीले सभापतिमा चयन भएका थिए भने अन्य पदहरुमा चुनाव भएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist