काठमाडाैँ, १८ भाद्र । नेपाली कांग्रेसको धनकुटाको पाख्रिवासमा सम्पन्न भेलाले नेपाली कांग्रेसलाई नया ढंगबाट संगठन विस्तार गरी सुढृीकरण गर्ने निर्णय गरेको छ।

उक्त भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले मुलुकको विकास र समृद्धी कांग्रेसले मात्र गर्ने सक्ने वताएका छन्। आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले नेपाली कांग्रेसको अवको महाधिवेशनले नेपाली कांग्रेसलाई बलियो बनाउने वताएका छन्।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुग, जयन्द्र घिसिङ्ग, क्षेत्रिय सभापती इन्दिरा थापा, नगर सचिव चन्द्र वस्नेत, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, नेपाली कांग्रेस धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापती भीम थापा लगायतले कांग्रेसकाे महाधिवेशन सफल बनाउँदै कांग्रेसलाई नयाँ ढंगबाट संचालन गर्नु पर्ने वताए।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धनकुटा जिल्लाका क्षेत्रका, नगरपालिकाका पदाधिकारीहरु, सदस्यहरु, वडा सभापतीहरु, सचिवहरु र महाधिवेशन सम्पन्न गर्न वडाहरुमा खटिएका मतदान अधिकृतहरुको सहभागीता रहेको थियो। सहभागीहरुलाई कांग्रेसको महाधिवेशन र निर्वाचन सम्वन्धी सहजकीरण नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले गरेका थिए।