काठमाण्डौं । धनकुटाको पाख्रिवासमा आउँदै गरेको चाड पर्वको शुभकामना आदन प्रदान गर्दै मेरो एक कप चिया मेरो पार्टीलाई भन्ने अभिया अन्तर्गत एक दिनमा एक कप चिया कांग्रेसको रकम संकलन अभियान शुरु भएको छ।
नेपाली कांग्रेस पाख्रिवासले संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम संचालन गर्नका लागी पार्टीलाई आर्थिक हिसावले पनि सुदृढ बनाउनका लागी चाड पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्दै प्रत्येक दिन एक कप चिया बरावरको रकम रु १५ रुपैयाँ पार्टीकाे काेषमा जम्मा गर्ने निर्णय गर्दै एक कप चिया कांग्रेसको आर्थिक अभियान शुरु गरेको हो।
यस अभियान अन्तर्गत नेपाली कांग्रेस पाख्रिवास धनकुटाका कांग्रेसजनहरु अव दिनमा तिन चार कप कम चिया पिउने गरेका छन भने अव प्रत्येक दिन एक चिया कम खाएर त्यस बापतको रकम पार्टीका लागी जम्मा गर्ने निर्णय भएको र निर्णयको कार्यन्वयनले पाख्रिवास नगरपालिका क्षेत्रमा करीव बार्षिक ५ लाख रुपैयाँ भन्दा बढी रकम संकलन हुने भएको नेपाली कांग्रेस पाख्रिवासपालिका सभापती प्रेम भण्डारीले वताएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल बहादुर थापाले दशै तिहार छठ मंसिरे चाड पर्वको अवसरमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान तथा स्वास्थ्य समाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस निरन्तर रुपमा जनतको पक्षका काम गरी रहेको वताएका छन्।
सूर्य वहादुर थापा प्रतिष्ठानको व्यवस्थापन र नेपाली कांग्रेस धनकुटाको संयोजनमा जिल्लाका पाख्रिवास नगरपालिका नेपाली कांग्रेस वडा नं. १ का सभापती कुल वहाुदर थापा, वडा नं. २ का सभापती धन वहादुर मगर, वडा नं. ३ का सभापती चन्द्र लिम्बु, वडा नं. ४ का सभापती श्याम प्रकाश राई, वडा नं. ५ का सभापती पासाङ्ग तामाग, वडा नं. ६ का सभापती लोचनलाल गिरी, वडा नं. ७ का सभापती पूर्ण वहादुर राई, वडा नं. ८ का सभापती गजेन्द्र राई, वडा नं. ९ का सभापती शिव देव घिसिङ्ग, वडा नं. १० का सभापती समर वादुर निरौलालाई वडा कार्य समितिलाई र वडामा रहेको स्वास्थ्य चौकीहरुका लागी स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, अमन्त्रीत केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापती अग्नी प्रसाद पौडेल, जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, घनेन्द्रराज श्रेष्ठ, मिन वहादुर कार्की, असित थापा, जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुग, पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमलाले स्वास्थ्य समाग्रीहरु प्रदान गरेका थिए।
सो अवसरमा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्यहरु विष्णु पौडेल, जयन्द्र घिसिङ्ग, गोरख वहादुर पिठाकोठे, राजेन्द्र पौडेल, सुमना तिम्सिना, पूर्व जिल्ला सहसचिव राजन पौडेल, क्षेत्रिय सचिव हरी वहादुर राई, नगर उपसभापती चन्द्र वस्नेत, नेपाल तरुण दल धनकुटका कार्यवहाक सभापती युवराज पराजुली, क्षेत्रिय अध्यक्ष तिलक महत, नगर अध्यक्ष रवी राई लगायतले समेत शुभकामना दिएका थिए।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सचिव सन्तोष मानन्धरले र कार्यक्रमको संचालन अर्का सचिव विर वहादुर थापाले गरेका थिए।