काठमाडौं । १४ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको हिजो हुनुपर्ने अधिवेशन आज सकिँदैछ । हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशन अन्तर्गत आज बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।
राष्ट्रिय सभा गृहमा जारी अधिवेशनमा नगर कमिटिको सभापतिको लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धानेका छन् ।
शाक्य प्रकाशमान सिंह र गगन थापा समूहको उम्मेदवार हुनुहुन्छ भने रञ्जित शेरबहादुर देउवा र भिमसेनदास प्रधान समूहको उम्मेदवार ब ।
उपसभापति पदका लागि सन्तकुमार महर्जन, शुशिला ढकाल, सूबिरनाथ खनाल र भरत तण्डुकारको उम्मेदवारी परेको छ ।