काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत बाजुरामा भएको जिल्ला अधिवेशनमा झडप भएको छ।
जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए। घाइते प्रहरीको अवस्था समान्य छ।
वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले बताए।
कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ। जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार दुई सय १२ मतदाता छन्।