धनकुटा । नेपालीहरुको महान चाड दशैं, तिहार, छठ पर्वको अबसर पारेर नेपाली कांग्रेस क्षेत्र नं. १ धनकुटाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
शुभकामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, महासमिति सदस्य आनन्द सन्तोषी राई, संविधान सभाका सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव सिता श्रेष्ठ, कोषाध्यक्ष दिनेश राईको उपस्थिति रहेको थियो ।
त्यसैगरी, उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य रोशेष श्रेष्ठ, धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ, सहिदभूमी गाउपालिका कार्य समितिका सभापती टंक राई, वडा सभापतीहरु सहिदभूमी वडा नं. ५ का सभापती कनक राई, वडा नं. ६ का सभापती विकास राई, धनकुटा नगरपालिका वडा नं. १० का सभापती विक्रम भट्राई, सागुरीगढी गाउपालिका वडा नं. ६ का सभापती सन्तोष राईले सवै चाड पर्वको शुभ कामना दिदै कांग्रेसलाई नयाँ ढंगबाट अगाडी बढाउन सवैलाई आग्रह गरेका थिए ।
नेपाली कांग्रेस प्रदेश सभा निर्वाचिन क्षेत्रिय कार्य समितिका सभापती जितेन्द्र राईको अध्यक्षतमा सम्पन्न भएको शुभ कामना आदन प्रदान कार्यक्रममा नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र सुब्बा, नेपाल महिला संघका उपाध्यक्ष अम्विका धमला, नेपाल तरुण दल धनकुटाका कार्यवहाक अध्यक्ष युवराज पराजुली, वरिष्ठ उपाध्यक्ष धिरज तामाग, नेपाल प्रेस युनियन धनकुटा अध्यक्ष हिमा चेम्जोग लगायतले शुभ कामना व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन सचिव खगेन्द्र लिम्बुले गर्नु भएको थियो भने स्वागत मन्तव्य अर्का सचिव आईत लिम्बुले गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रिय कोषाध्यक्ष निरुपा राई र क्षेत्रिय सदस्य प्रेम खत्रीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव रमेश श्रेष्ठले गरेका थिए ।








