इटहरी । एक नम्बर प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बडा दशैं, तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका सुनसरी सभापति समेत रहेका नेता कोइरालाले सोमबार एक शुभकामना सन्देश जारी गदै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन ।
विश्वभरी नै महामारीकोरुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९)ले सृजना गरेको विषम परिस्थितिले हामीहरु अछुतो नरहेको बताउँदै संयमता र सजकताका साथ सुरक्षित भई चाडपर्वलाई आ–आफ्नो परिवारसँग बसेर मनाउन पनि नेता कोइरालाले आग्रह गरेका छन् ।
नेता कोइराले भनेका छन्, ‘हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन् । यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ।’