काठमाडाैँ, कार्तिक ११ । नेपाल तरुण दलको ६८ औँ स्थापना दिवसको अवसरमा धनकुटामा आयोजित कार्यक्रममा धनकुटाका तरुण नेताहरुले तरुण दल परिवर्तनको सम्वाहक भएको वताएका छन्।
सो अवसरमा नेपाल तरुण दल धनकुटाका पूर्व जिल्ला सचिव तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल तरुण दल धनकुटाका निर्वतमान अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य विष्णु पौडेल, पूर्व जिल्ला सहसचिव राजन पौडेल, नेपाली कांग्रेस धनकुटाका नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ, नेपाल महिला संघ धनकुटका जिल्ला उपाध्यक्ष अम्विका धमला, तरुण दल धनकुटाका पूर्व जिल्ला सचिव पुरन राई, जिल्ला सचिव नरेन्द्र राई, नेपाल तरुण दल साँगुरीगढीका अध्यक्ष राज लिम्बु लगायतले तरुण दल धनकुटा परिर्वतनका पक्षमा क्रियाशील भएको वताएका छन्।
नेपाल तरुण दल धनकुटाका कार्यवाहक अध्यक्ष यूवराज पुराजुलीको अध्यक्षतमा सम्पन्न भएको तरुण भेला तथा कार्यक्रमका वक्ताहरुले तरुण दलले नेपाली कांग्रेसलाई विजयी गराउन सक्रिय भई परिर्वतनको पक्षमा उभिने वताएका छन्। नेपाल तरुण दल धनकुटाले जिल्लाभरी नै परिवर्तनको पक्षमा उभिँदै तरुण संगठनलाई सशक्त बनाउन अभियान संचालन गर्ने निर्णय भएको कार्यवाहक जिल्ला अध्यक्ष युवराज पराजुलीले वताएका छन्।







