काठमाडाैँ । राज्यको हरेक तहमा महिलाहरुको अर्थपुर्ण समानुपातिक सहभागीता नभए आन्दोलन गर्ने अन्तरपार्टी महिला सञ्जाल धनकुटाले चेतावनी दिएका छन।
शुभ दिपावली, नेपाल सम्वत, छठ, मंसिरे चाड पर्व लगायत पर्वको शुभ कामना आदन प्रदान कार्यक्रममा संजालका प्रतिनिधिहरुले साे कुरा वताएका हुन्। धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले महिलाहरुको सहभागीता बिना मुलुकको समृद्धी र विकास हुन नसक्ने भएकाले महिलाहरुको अनिवार्य सहभागीताको सुनिश्चिता गर्नु पर्नेमा जोड दिए।
कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल धनकुटाका अध्यक्ष अम्विका धमला, पूर्व अध्यक्षहरु पार्वती राई, सर्मिता राई, पूर्व सचिव सुमना तिम्सिना, नेकपा माओवादी केन्द्रका नेता स्मिता निरौला, नेपाली कांग्रेसका जिल्ला सहसचिव सिता प्रधान, जनता समाजवादी पार्टी धनकुटाका नेता मनकला लिम्बु, राष्टिय जनमोर्चा धनकुटाका सचिव कोपिला शंकर, महिला नेता रेणु श्रेष्ठ, सचिव सर्मिला राई, कोषाध्यक्ष बविता राई, महिला पुर्नस्थापन केन्द्रका शुक्री राई, महिला नेताहरु निरुपा राई, मञ्जु आचार्य, रेजिना पलिखे लगायतले राज्यको हरेक तहमा महिलाहरुको अर्थपूर्ण सहभागीता हुनु पर्ने माग गर्दै शुभ कामना दिएका छन्।
अन्तरपाटी महिला सञ्जाल धनकुटाका अध्यक्ष अम्विका धमलाको अध्यक्षतमा सम्पन्न भएको शुभ कामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेकपा समाजवादी एकिकृत धनकुटा नगर अध्यक्ष सुजनभाई जोशी, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रतिनिधि शाखा अधिकृत शिव श्रेष्ठ, वरख गण सल्लेरी व्यारेक धनकुटाका प्रतिनिधि सदिक्षा भुजेल, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, नागरिक समाजका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ, नेपाल निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केशी लगायतले शुभ कामना व्यक्त गरेका थिए।







