काठमाडाै । नेपाली कांग्रेस धनकुटाले जिल्लाका विभिन्न तहमा समितिहरु गठन गरी आफ्नाे पक्षमा जनलहर बढाउँदै गएको छ ।
जिल्लाको पाख्रिवास नगरपालिकाको वडा नं. २ सान्नेमा आयोजना गरेको घोषणा सभामा नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले धनकुटामा नेपाली कांग्रेसको पक्षमा जनलहर आएकोले कांग्रेसले आगामी निर्वाचन जित्ने दावी गरेका छन् । नेपाली कांग्रेस धनकुटाका सचिव तथा युवा नेता विजय सन्तोषी राईले सान्नेको विकास र समृद्धीका लागी कांग्रेसले जित्नु पर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस पाख्रिवास नगरपालिका वडा नं. २ सान्नेका सभापती धन वहादुर मगरको अध्यक्षतमा सम्पन्न भएको सभामा जिल्ला सचिव जयन्द्र घिसिङ्ग, जिल्ला सदसयहरु निलम थापा, गिता पराजुली, क्षेत्रिय सभापती राजन पौडेल, नगर सभापती प्रेम भण्डारी, सहसचिव इन्दिरा कार्की, नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला, नेपाल मगर संघका जिल्ला अध्यक्ष लेख वहादुर गाम्छाकीले नेपाली कांग्रेसले अहिले पार्टी संगठनलाई नया गतिका साथ अगाडी बढाउदै गरेकाले कांग्रेसको पक्षमा जनलहर सिर्जना हुँदै गएको वताएका छन्।
कार्यक्रममा नेपाल तरुण दल पाख्रिवासका अध्यक्ष रवि राई, मनिष राई, वडा नं. ५ का पाख्रिवासका नेपाली कांग्रेसका सभापती पासाङ्ग तामाग, वडा नं. ८ का नेपाल तरुण दलका अध्यक्ष वकिल भूजेल, सान्नेका नेता सोभित आले मगर लगायतका सवै कांग्रेसजनहरुको सहभागीता रहेको थियो । नेपाली कांग्रेस पाख्रिवास नगरपालिका वडा नं. २ को.धनसार टोल समितिको सभापतीमा रविन श्रेष्ठ, तारेली टोल समितिको सभापतीमा गंगा वहादुर आले, ढाडे गाउ टोल समितिको सभापतीमा दल वहादुर आले, मालमासे क्षेत्री टोल समितिको सभापतीमा शिर वहादुर कटुवाल, दलित टोल समितिको सभापतीमा खेम वहादुर विक, रमिते टोल समितिको सभापतीमा रेवत राना, धिर्जे जौटार टोल समितिको सभापतीमा मिलन तमाग, ओख्रे तालुखर्क टाले समितिको सभापतीमा प्रकाश कार्की, चारतले चापे टोल समितिको सभापतीमा पदम लुङ्गगेली, मालवासे गैरीगाउ टोल समितिको सभापतीमा राजन काम्छाकी र तामाग टोल समितिको सभापतीमा सन्तोष तामाग भएको टोल समिति गठन गरेको छ ।
यसैगरी पाख्रिवास वडा न. २ सान्नेकै नेपाल तरुण दलको वडा अध्यक्षमा विष्णु काम्छाकी, दलित संघको अध्यक्षमा खेमराज विक, नेपाल मगर संघ वडा अध्यक्षमा डोम वहादुर पिठाकोठे, नेपाल महिला संघ वडा अध्यक्षमा टिकामाया आले मगर, नेपाल तामाग संघ वडा अध्यक्षमा दिल वहादुर तामाग, नेपाल किसान संघ वडा अध्यक्षमा बल वहादुर कटुवाल, नेपाल आदिवासी जनजाती संघ वडा अध्यक्षमा मदन कुमार तमाग रहेको नेपाली कांग्रेस वडा नं. २ का वडा सभापती धन वहादुर तामागले वताए ।
उक्त आमसभामा वडा नं. २ का जेष्ठ नागरिक तथा जेष्ठ कांग्रेस छत्र वहादुर गाम्छाकी, देवी वहादुर गाम्छाकी, सोभित आलेमगर, कृष्ण वहादुर पिठाकोठे, टिकामाया आले, कृष्णमाया आले, दिर्घमाया गाम्छाकी, मनयमााया खपाङ्गी, दुर्गामाया पुलामीलाई सम्मान गरिएको नेपाली कांग्रेस सान्नेका नेता लेख वहादुर गाम्छाकी मगरले वताए ।