काठमाडौं । स्थानिय चुनाव नजिकिएसँगै नयाँ दल घोषणाको क्रम सुरु भएको छ । मंगलबार संघिय राजधानी काठमाडौंमा एक समुहले नयाँ पार्टी घोषणा गरेको विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
पार्टीको नाम नेपाल वर्कस पार्टी (नेवपा) रहेको पार्टीका संयोजक रहेका नरेन्द्र बहादुर (संगम) ले नीतिसञ्चारलाई जानकारी दिएका हुन् ।
आज नेवपाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बस्तुत: नेपालको राजनितिक उत्तार-चढावको कोर्ष २०७८ फागुन १५ गते बाट भयानक असहजताको यात्रा तर्फ अगाडि बढेको छ। आम स्वाभिमानी नेपाली जनता स्वाभिमान बेच्न पाइदैन, कथित राष्ट्रिय राजनितिक दलका नेतृत्व पंक्तिहरु सैद्धान्तिक,नैतिक,बैचारिक हिसावले विचलन हुँदै लम्पसार तर्फको यात्रालाई निरन्तरता दिइरहेको तथा नेपाल र नेपालीहरुको भाग्य र भविष्यको चिन्ता तर्फ जिम्बेवार नभएर आफ्नो दलगत र ब्यक्तिगत स्वार्थ पूरा गर्न अफ्ट्यारो पर्ने हो कि भन्नेमा थर्कमान भएको ऐतिहासिक राजनितिक वेइमानी गरिरहेको’ विज्ञप्तिमा उल्लेख छ ।
शासनसत्तामा पँहुच हुनेले गरेको गलत कर्म घुसखोरी, कालोबजारी र लुटको रमिता हेर्न आमा नेपालीलाई बाध्य भएको भन्दै नेवपाको उक्त विज्ञप्तिमा भनिएको छ, ‘सहिदहरु प्रतिको अपमान भयो, घाइते बेपत्ताहरुमाथि घात भयो विडम्बना पहुँच हुनेहरुले जुनसुकै शिर्षकमा जततिपनि जहिले पनि भ्रष्टाचारी, घुसखोरी,कालोबजारी,तस्करी माफियाहरुको तमासा टुलुटुलु हेर्न बाध्य हुनुपर्ने नेपाली जनताको दुर्भाग्य यहि नै हो त गणतन्त्र नेपालको उपहार ?’
मालेमावाद लाई विशिष्टता को आधारमा रचनात्मक, सृजनात्मक, व्यवहारिक रुपमा प्रयोग गर्दै सांस्कृतिक रुपान्तरण र उच्च प्रविधिको विकासलाई लक्ष्यमा पुर्याउन कागजि समाजवाद नभई व्यवहारीक समाजवादको अभियानले सम्भव छ, भन्दै यस पार्टीले मालेमावाद लाई मार्गदर्शन सिद्धान्त अंगिकार गरेको पनि उल्लेख छ ।







