- संगम विष्ट
बराहक्षेत्र । स्थानीय तह निर्वाचन २०७९ का लागि वराहक्षेत्र नगरपालिकामा सत्ता गठबन्धन दल मार्फत नेपाली कांग्रेसका नगर सभापति रमेश कार्कीलाई मेयरमा अघि सारेको छ ।
त्यसैगरी, उपमेयरमा नेकपा माओवादी केन्द्रका अमित गौतमको मनोनयन दर्ता गरिएको छ ।
कार्की नेपाली कांग्रेसको नगर सभापति हुन् । भन्ने गौतम माओवादी केन्द्र वराहक्षेत्र नगर कमिटी सचिब हुन् ।
वराहक्षेत्रमा सत्ता गठबन्धनमा रहेका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा बिच चुनावी तालमेल भएको हो ।
नेकपा एमालेले निर्वतमान मेयरलाई नै उम्मेदवार बनाएको छ । एमाले पार्टीभित्र नै मेयर उम्मेदवार दोहोरिरहँदा व्यापक असन्तुष्टि जनाउदै वराहक्षेत्र – ५ का निबर्तमान अध्यक्ष एव एमालेका लोकप्रिय नेता राजु अधिकारीले सहित बागी उम्मेदवारको रुपमा दर्ता गराएका छन् ।
कांग्रेस र माओवादी केन्द्रले गठवन्धन गरे पछि गठबन्धनका उम्मेदवार कार्की र गौतम मेयर र उपमेयरका लागि बलियो उम्मेदवार बनेका छन् । गत निर्वाचनमा एमालेबाट निर्वाचित मेयर निलम खनालले बिगत ५ बर्ष नगर सरकार चलाउँदा विभिन्न योजना आयोजनाहरु देखि लिएर नगरको बेरूजु सम्मका प्रशंगले राष्ट्रिय मिडिया तताएका थिए । यता कार्की भने भद्र , शालिन, सामाजिक अभियान्ताको रुपपमा राजनीतिमा अगाडि बढाईरहेका कुशल नेता हुन् ।
कोरोना महामारीका विचमा होस् या नगरमा विभिन्न समयमा भए गरेका प्राकृतिक विपत्ति देखि लिएर गरिब, असहाय र असक्तका लागि सदैब अभिभावक बन्दै हिडिरहेका कार्की युवाहरूका एक कुशल नेतृत्वकर्ता र अगुवा पनि हुन् । कार्की युवा माझ मात्र नभएर बुढापाकादेखि केटाकेटी सम्म उत्तिकै लोकप्रिय छन् ।
कार्कीको उम्मेदवारी आउँदै गर्दा आगामी निर्वाचन एमालेका लागि सकसपूर्ण हुने मतदाताहरू बताउँछन् । “सानो केही काम परे रमेश दाइ भनेर भन्न त्यहीँ पुग्छन् ।
‘रमेशलाई चैं भोट हाल्ने’ भन्ने मतदाताको संख्या वराहक्षेत्रका प्राय सबै वडामा उल्लेखनीय रूपमा नै देखिन्छ ।