इटहरी । नेपाली कांग्रेसले वराहक्षेत्र नगरपालिका वडा नं ५ को वडाध्यक्षकोलागि २८ बर्षिय रोहित काफ्लेलाई अगाडि सारेको छ।
काफ्ले नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ समितिका सह-सचिब हुन् । बिद्यार्थी राजनीति गरेका काफ्ले नेपाल बिद्यार्थी संघ केन्द्रीय क्याम्पस त्रिभुवन बिश्व बिद्यालय इकाई समितिका सह-सचिब हुन् ।
राजनितीमा डनवाद र धनवादले नौजवान युबाहरु राजनितीबाट पछि पर्ने गरेको समयमा नेपाली कांग्रेसबाट काफ्लेको उमेदवारीलाई महत्त्वका साथ हेरिएको छ । नेपाली कांग्रेसको राजनीतिमा नेपाल बिद्यार्थी संघबाट प्रबेश गरेका चतुर पात्र काफ्लेलाई वैशाख ३० मा हुने निर्वाचिनमा वडा माओवादी केन्द्रको साथ छ ।
प्रस्ट वक्ता , मिझासिला स्वभाव भएका काफ्लेको त्यो वडाध्यक्ष पदको उमेदवारीलाई अहिले पार्टी भित्र र बाहिर वडो चाखले हेरिएको छ ।
परिवर्तनको पक्षमा अभियएर भट्रचार र अनियमितलाई न्युनिकरण गरि वडा बिकासको लागि काफ्लेलाई कांग्रेसले अगाडि सारेको छ ।







