रामधुनी : नेकपा एमाले बाट रामधुनी ५ का वडा अध्यक्षका उम्मेदवार खेमराज पौडेलले कारागार बाट निस्कने फोहोर व्यवस्थापन र डुबानको समस्या सधान गर्ने बताएका छन् ।
कारागारबाट निरन्तर रुपमा निस्कने फोहोरको लामो समय देखी आजित भएका स्थानीयलाई फोहोर प्रशोधन गरी समाधान गर्ने बाचा पौडेलले गनु भएको छ । कारागार बाट निस्केको फोहरका कारण बिभिन्न रोग लाग्ने गरेकाले यसको सधान गर्ने उहाले बाचा गनु भएको छ ।
यस्तै, उहाले हरेक वर्ष झरी पर्ने सिजनमा निकास नभएका कारणले गर्दा रामधुनी ५ ले डुबानको समस्या झेल्दै आएकोले गर्दा रामधुनी ५ बासीलाई डुबान मुक्त आफू निर्वाचित भएको पहिलो दिन देखी दीर्घकालीन समस्या समाधानमा लाग्ने उहाले प्रतिबद्धता गनुभएको छ ।