मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।
लामा १ सय ५८ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् ।
मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत पाएका छन् ।
४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो। केही मत बदर भएको छ।