इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसका रोहितकुमार चौधरी निर्वाचित भएका छन् ।
चौधरीले २,१७८ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अरुण चौधरीले १,२७७ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा नेकपा एमालेकी दीपा राई निर्वाचित भएकी छन् । महिला सदस्यमा कांग्रेसकी रञ्जना सरदार, खुल्ला सदस्यमा कांग्रसकै खुपराज शर्मा र ध्रुवप्रसाद आचार्य निर्वाचित भएका हुन् ।
यसअघि ०७४ को निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका रोहित चौधरी नेपाली कांग्रेस इटहरी ८ का सभापति समेत हुन् ।







