काठमाडाैँ । आसन्न प्रतिनीधि सभा र प्रदेश सभामा बहुमतले जीत हासिल गर्न प्रत्येक मतदाताकाे घर दैलाेमा पुगेर काम गर्न पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनिल वहादुर थापाले आग्रह गरेका छन् ।
केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि राजिव ढुंगाना समेतले संयुक्त रुपमा जनतासँग कांग्रेस अभियानको उद्घाटन गर्दै यस अभियान मार्फत काँग्रेस केन्द्र देखी टोलसम्म क्रियाशील भई कांग्रेसको पक्षमा पुनः माहाैल सिर्जना हुने दाबि लिएका छन् ।
नेपाली कांग्रेस धनकुटाले शुक्रबारदेखि धनकुटामा जनतासँग काँग्रेस अभियान शुरु गरी जनताबिच टोल टोलसम्म पुग्ने उद्घोष गरेको छ ।
साे कार्यक्रममा जिल्ला समितिको तर्फबाट पालिकामा खटीएका पदाधिकारीहरुलाई पत्र समेत प्रदान भएको थियो । नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले जिल्ला समितिको कोषाध्यक्षमा जिल्ला सदस्य सरस्वती मगरलाई मनोनयन गरेका जिल्ला सचिव विजय सन्तोषी राईले वताएका छन् ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापतिहरु हरि कुमार राई, अग्नी प्रसाद पौडेल, प्रदेश सांसद लिला सुब्बा लगायतले यस अभियानले मतदातासँग काँग्रेस प्रत्यक्ष रुपमा पुग्ने भएकाले कांग्रेसले संघ र प्रदेशको निर्वाचन समेत बहुमतका साथ जित्ने दावी गरेका छन् ।







