काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुनेछ। बैठकले स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई विभिन्न विभागको जिम्मेवारी दिनेछ ।
स्थायी समिति बैठक मंगलबार पनि बाेलाइएकाे थियाे । पार्टीकाे संगठनसम्बन्धी गृहकार्य नसकिएकाले आज पनि बैठक बस्न लागेकाे हाे ।
बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।