काठमाण्डौं ३२ साउन । पूर्वराजा ज्ञानेन्द्रप्रति आफ्नो सम्मान उच्च रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताएका छन् । उनि भन्छन् ‘अफगानिस्तानमा राष्ट्रपतिले देश छाडेर भागेको कुरा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ‘राजा र राष्ट्रपतिबीचको फरक सायद यहिहोला भनेर जिकिर गरेका छन्’ ।
उनले ट्वीटरमा लेखेका छन्, ‘तालिबानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ ।, २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ । राजा र राष्ट्रपति बिचको फरक पनि यही हो।’