काठमाडाैँ, २ भाद्र । वरिष्ठ उद्यमी तथा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश ढकाल र वरिष्ठ उद्यमी तथा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगरका केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठले धनकुटामा लगानी गर्न तयार रहेको वताएका छन्।
आज वरिष्ठ उद्यमी तथा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसंग काठमाण्डौमा नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, व्यवसायीहरु निलम थापा, भीम थापा लगायतले भेटघाट गरी धनकुटामा केवुलकार संचालन गर्न र धनकुटामा पर्यटन क्षेत्र र उद्योग तथा व्यावसायमा लगानी गर्न आग्रह गरेका छन्।
यसैगरी साे टोलीले नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष तथा वरिष्ठ उद्यमी दिनेश श्रेष्ठसंग पनि भेट गरी धनकुटामा लगानी गर्न आग्रह गरेकाे थियाे।
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष ढकाल र जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठले धनकुटा लगायत त्यस क्षेत्रका उद्यमीहरुसंग मिलेर लगानी गर्न तयार रहेको वताएका छन्।