ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रदेश सरकारसँग ७ बुँदे सम्झौतापछि चुरे अभियन्ताले तोडे आमरण अनशन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ४ गते, २१:३८ बजे
प्रदेश सरकारसँग ७ बुँदे सम्झौतापछि चुरे अभियन्ताले तोडे आमरण अनशन
22
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । विगत ९ दिनदेखि जनकपुरधाममा अनशनमा बसेका चुरे अभियन्ताले प्रदेश सरकारको सम्झौता पछि आमरण अनशन तोडेका छन् ।

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उनीहरुसँग ७ बुँदे सम्झौता गरेका हुन् । सम्झौतापछि अनशनकारी अमन यादव र रानी राय भुमिहारले शुक्रवार साँझ अनशन तोडेका हुन् ।

चुरे तथा वन जंगलको विषयमा चुरे अभियन्ताले उठाएका विषयलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिने, चुरे अभियानीको ५ बुँदे मागको विषयमा ७ दिनभित्र उद्योग पर्यटन मन्त्रालयका सचिवसहितका ७ सदस्य छानबिन समिति गठन गर्ने र उक्त समितिले २१ दिनभित्र सो विषयमा प्रतिवेदन तयार पार्ने र प्रतिवदेनको सुझावअनुसार प्रदेश सरकारले कारवाही प्रक्रिया अगाडि बढाइने सम्झौता भएको मन्त्री यादवले जानकारी दिए ।

त्यसैगरी, पक्राउ परेका अभियानीहरुलाई छोडाउन प्रदेश सरकारले पहल गर्ने तथा मारुती सिनेन्टले वनको जग्गा कब्जा गरेको सम्बन्धमा प्रदेश सरकारले स्थानीय निकाय, मालपोत, डिभिजन वन तथा स्थानीय प्रशासनसँग समन्वय गरेर नाप नक्सा गरि कब्जा गरिएको जग्गा फिर्ता गराउने लगायतका सहमति भएको छ । सहमति पत्रमा समाजिक अभियन्ता तथा चुरे तथा वन जंगल संरक्षण समितिका सल्लाहकार सरोज राय यादव र मन्त्री यादवले हस्ताक्षर गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist