ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेपाललाई साथ दिदाँ गृहजिल्लामा कमजोर बन्दै खनाल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ५ गते, ८:०३ बजे
नेपाललाई साथ दिदाँ गृहजिल्लामा कमजोर बन्दै खनाल
22
SHARES
Share on FacebookShare on Twitter

इलाम, ५ भदौ । पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ दिएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल गृह जिल्ला इलाममा थप कमजोर भएका छन् ।

खनालको सचिवालयले उनी नयाँ गठन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पक्षमा रहेको सार्वजनिक गरेको छ । खनालका समर्थकहरुले त्यसको चर्को आलोचना गरिरहेका छन्।

खनालले तत्कालीन नेकपाको विवादका बेला गृहजिल्लाका समर्थक गुमाएका थिए । पार्टी विभाजनपछि खनालले आफ्नो पक्षमा रहेका कार्यकर्ताको साथसमेत गुमाएका हुन् । नेकपाको आन्तरिक कलहमा प्रचण्डको पक्षमा उभिएका नेता खनालले प्रदेशसभा सदस्य  र स्थानीय तहका नेताको सथर्मन गुमाएका थिए ।

त्यसबेला खनाललाई माई नगरपालिकाका मेयर दिपक थेवे, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले छाडेर ओली कित्तामा लगेका थिए। त्यस्तै उनकै निर्वाचन क्षेत्रबाट प्रदेश सभामा निर्वाचित काजिमान कागतेले पनि खनालको साथ छाडेका थिए । त्यस्तै एमाले जिल्ला अध्यक्षसमेत रहेका राम राना पनि खनाल नेपाल समूहबाट बाहिरिएर ओली कित्तामा उभिएका थिए ।

खनाललाई इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, माइजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई र सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले समर्थन गर्दै आएका थिए । पार्टी विभाजनको पक्षमा खुलेपछि सन्दकपुर गाउँपालिका अध्यक्ष राईलेसमेत उनलाई छाडेका छन् । एमालेको नेतृत्व खराब भए पनि पार्टी खराब नभएको भन्दै राई पार्टी विभाजनको विपक्षमा उभिएका हुन् ।

सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष शोभा पराजुलीले नेकपाकालीन विवादको बेलाबाटै खनाललाई छाडेकी हुन् । सुर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले एक वर्षअघि पार्टीभित्रको विवादकै बेला आफू जहाँ सूर्य चिन्ह रहन्छ, त्यहाँ रहने भनेर घोषणा गरेका थिए । तर अहिले उनीसमेत विभाजनको पक्षमा खुलेका छैनन् ।

माइजोगमाई गाउँपालिका अध्यक्ष जेवी राई भने खनालको पक्षमा वकालत गर्ने गरेकाले उनी पार्टी विभाजनमा खनाल जता लाग्छन् उतै लाग्ने सम्भावना छ । प्रदेशसभा सदस्य खिनु लङवा लिम्बु पनि विभाजनको पक्षमा खुलेर उभिएकी छैनन् । तर उनले खनाललाई साथ दिने सम्भावना रहेको पार्टी निकट स्रोत बताउँछ । इलाममा १० स्थानीय तहमध्ये तीन स्थानीय तहमा कांग्रेसको नेतृत्व छ ।

तीनमध्ये रोङ गाउँपालिकामा भने कांग्रेसले अध्यक्ष र उपाध्यक्ष नै जितेको छ । फाकफोकथुम र माङसेबुङ्गमा उपाध्यक्ष एमालेले जितेको थियो । ती दुई उपाध्यक्ष पहिलेदेखि नै ओली कित्तामा थिए । अन्य सात पालिकाका उपाध्यक्षसमेत पार्टी विभाजनमा खनालको पक्षमा छैनन् । एमालेले प्रदेशसभामा तीन सिट जितेको छ । एउटा माओवादी केन्द्रले जितेको थियो ।

तीन मध्ये दुईले खनाललाई साथ दिएका छैनन् भने एक जना अहिलेसम्म खुलेकी छैनन् । पार्टी संगठनभित्र पनि खनाललाई साथ दिनेको संख्या कम छ । विगतमा खनाललाई सघाउँदै आएका जिल्ला कमिटी उपाध्यक्ष भक्त केसी अहिले मौन छन् । नेकपा विवादकै क्रममा खनाल पक्षका धेरैले कित्ता परिवर्तन गरेका थिए । खनाल उपचारका क्रममा भारतमा छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist