काठमाडाैँ । नेपाली काँग्रेस धनकुटाको साेमबार सम्पन्न भएको बैठकले चैत्र ११ गते वडा सम्मेलन र बैसाख दोस्रो सातामा पालिकाहरुको सम्मेलन गर्ने निर्णय गरेकाे छ । उक्त कायक्रमकाे उद्घाटन नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गर्ने छन् ।
नेपाली काँग्रस धनकुटाका जिल्ला सभापती दिनेश राईको अध्यक्षतामा सम्पन्न बैठकले महामन्त्री गगन कुमार थापाले जिल्ला सम्मेलनको समुदघाटन गर्ने निर्णय भएको जिल्ला सचिव विजय सन्तोषी राईले वताएका छन् ।
नेपाली काँग्रेस धनकुटाको उक्त बैठकले आगामी चैत्र ११ गते एकै दिन धनकुटाका ६० वटै वडाहरुमा वडा सम्मेलन गर्ने, २०८० बैसाख ९ गते एकै दिन सात वटै पालिकाहरुको पालिका सम्मेलन गर्ने, बैशाख १६ गते प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रिय अधिवेशन, क्षेत्र नं. १ को र क्षेत्र नं. २ को बैशाख १८ गते क्षेत्रिय सम्मेलन गर्ने निर्णय भएको सहचिव रोशन श्रेष्ठले वताएका छन् ।
यसैगरी बैसाख २३ गते जिल्ला सदुरमुकाम धनकुटामा भव्य रुपमा जिल्ला सम्मेलनको समुद्घाटन महामन्त्री गगन कुमार थापाले गर्नु हुने निर्णय भएको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
नेपाली काँग्रेसको विधान अनुसार प्रत्येक ६।६ महिनामा वडा सम्मेलन र पालिका, क्षेत्र र जिल्ला सम्मेलन एक एक बर्षमा गर्ने व्यवस्था भएकोले वडा तह देखी जिल्ला सम्मेलन गर्न लागिएको जिल्ला सभापति राईले वताएका छन् । वडा तथा पालिका सम्मेलनमा सवै वडाका क्रियाशिल सदस्यहरु, जननिर्वाचित प्रतिनिधिहरु, भातृसंस्था तथा शुभेच्छुक संस्थाहरुलाई अनिवार्य उपस्थित गराई पार्टी संगठन विस्तार तथा सुदृढीकरणका लागी छलफल गर्ने विकास निर्माण लगायत अन्य विषयमा छलफल गर्ने निर्वाचनको समेत समिक्षा गर्न र जनप्रतिनिधिहरुले गरिरहेको कामको विषयमा समेत छलफल र समिक्षा गर्न निर्देशन दिएको नेपाली काग्रेस धनकुटका अर्का जिल्ला सचिव जयन्द्र घिसिङ्गले वताए ।







