काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनैतिक सल्लाहकारमा नियुक्ति भएका पूर्व मन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापालाई नेपाली कांग्रेस धनकुटाले आईतबार बधाई ज्ञापन गरेको छ ।
हालै राष्ट्रपति पौडेलको प्रमुख राजनैतिक सल्लाहकारमा नियुक्ति भएकोमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, उपसभापति निर्मल ओझा, सचिव विजय सन्तोषी राई, पूर्व महासमिति सदस्य अजित नर सिंह थापा, विद्यार्थी नेता बिर्मशमान अमात्यले भेट गरी खादा लगाई बधाई ज्ञापन गरेका हुन् ।
नेपाली कांग्रेस धनकुटाको टोलीसँग भेटका क्रममा सल्लाहकार थापाले धनकुटाको विकास र समृद्धिको लागी निरन्तर लागि रहने वताएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले वताएका छन् ।