काठमाडाैँ, ९ भाद्र । नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख संचालक तथा नेपाली कांग्रेसका नेता डा.सुनिल शर्मासंगकाे भेटमा धनकुटा काँग्रेसको टोलीले काठमाण्डौमा भेट गरी धनकुटामा प्रभावकारी रुपमा स्वास्थ्य सेवा संचालन गर्नका लागि सहयोग गर्न आग्रह गरेको छ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति भीम थापा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य निलम थापा लगायतका टोलीले धनकुटाको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आग्रह गरेका हुन्।
धनकुटाको पाख्रिवास नगरपालिकाको चुङवाङ्ग पुख्यौली घर भएका नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख संचालक डा. सुनिल शर्माले आफ्नो पुख्यौली गाँउ चुङ्गवाङ्गका लागी एक वटा एम्बुलेन्स खरिद गरिदिने र चुङवाङ्गमा स्वास्थ्य संस्थाको स्थापना गरी चुङवाङ्ग लगायत वरीपरी गाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने सोच रहेको वताएका छन्। उक्त कार्य गर्नका लागी नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले समन्वय गरी प्रक्रिया अगाडी बढाउने कार्य गर्नु हुनु भएको छ ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटा जिल्लाका सचिव विजय सन्तोषी राईले धनकुटा जिल्लाको चुङवाङ्ग लगायत धनकुटा जिल्लाभरीका जनतालाई विशेष छुटमा स्वास्थ्य सेवा प्रदान गर्न नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख संचालक डा. सुनिल शर्मालाई आग्रह गर्नु भयो ।
नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख संचालक डा. सुनिल शर्माले आफनो पुख्यौली गाउ चुङवाङ्ग लगायत धनकुटा जिल्लाका विभिन्न स्थानहरुमा विशेषज्ञ स्वास्थ्य शिविरहरु संचालन गरी धनकुटाका जनातालाई स्वास्थ्य सेवा प्रदान गर्दै आईरहनु भएको छ ।







