काठमाडाैं । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको सम्पन्न भएको बैठकले आगामी बैसाख १५ गते धनकुटा नगर सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश निर्वाचन क्षेत्रिय र जिल्ला सम्मेलनहरु भव्य रुपमा सम्पन्न गर्न नेपाली कांग्रेस धनकुटाले तयारी गरिरहेकाे नगर सभापति नरेश श्रेष्ठले वताएका छन् । यसअघि धनकुटा नगर सम्मेलन बैसाख ९ गते गर्ने तय भएपनि विविध कारणवश उक्त मितिमा गर्न नसकिने भएकोले आगामी बैसाख १५ गतेका लागि सम्मेलन सारिएकाे र साेही अनुरुप तयारी समेत गरिएकाे वताएका छन् ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको बैठकमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक(ईन्चार्ज) विजय सन्तोषी राई, नगर उपसभापति अभिशेषक कर्माचार्य, सचिव लोकेन्द्र खड्का, सहसचिव ज्ञानेन्द्र वस्नेत, सहसचिव शारदा सन्तोषी राई, नगर सदस्यहरु हिरा देवी राई, संगिता राई, नविन घिमिरे, देवेन्द्र राई, गोकुल वाग्ले, वडा नंं ४ का वडा सभापति हरी तिम्सिना, वडा नं. ४ का वडा सचिव अनिता वाग्ले लगायतले नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले नगर भित्र नयाँ ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्नु पर्नेमा जाेड दिएका छन् ।
नगर सभापति श्रेषठले कांग्रेसको धनकुटा नगर सम्मेलन भव्य रुपमा सफल बनाउन व्यापक तयारीमा जुट्ने र १० वटै वडाका सवै वडाका सभापतिहरुलाई परिचालन गर्ने वताएका छन् । नेपाली कांग्रेस धनकुटाले पालिका, प्रदेश सभा, क्षेत्रिय र जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न गराउन व्यापक तयारीमा जुटेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले जानकारी दिएका छन् ।







