काठमाडाैं । प्रजातान्त्रिक कानून व्यवसायीहरुको छाता संगठन डि.एल.ए. नेपालको केन्द्रीय अध्यक्षमा वरिष्ठ अधिवक्ता सीताराम के.सी. निर्वाचित भएका छन् ।
चितवनको रत्ननगरमा जेठ २६ र २७ गते भएको महाधिवेशनबाट केसीलाई अध्यक्षमा विर्वाचित गरेको हो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल, महिला उपाध्यक्षमा कविता थापा कार्की, कोशी प्रदेश उपाध्यक्षमा कविता बस्नेत, मधेश प्रदेश उपाध्यक्षमा रामानन्द शाह, वागमती प्रदेश उपाध्यक्षमा जनकराज श्रेष्ठ, गण्डकी प्रदेश उपाध्यक्षमा भूमिश्वर शर्मा गौतम, लुम्बिनी प्रदेश उपाध्यक्षमा विष्णुप्रसाद धिताल, कर्णाली प्रदेश उपाध्यक्षमा पदम बहादुर शाही, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा गंगाराम पाध्या निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा ज्ञानेन्द्र प्रसाद अधिकारी, सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना, कोषाध्यक्षमा हरिबहादुर बस्नेत र सदस्यहरूमा प्रवीण महर्जन, सतेन्द्र प्रजापति, अमित कुमार कर्ण, अफताव आलम, गोविन्दराम परियार, अमलराज शाही, विष्णु खनाल, दुर्गाप्रसाद पोखरेल, प्रज्वल अधिकारी, विनोद अधिकारी, हरिप्रसाद रेग्मी, हरिप्रसाद पन्त, विष्णु कुमारी शर्मा, भरत बहादुर सिंह, सीता रेग्मी योञ्जन, मन्दिरा अधिकारी, वसुन्धरा थापा, मनमाया पाठक, सुनिल पाण्डे, दिपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना (चिरण), किरण पौडेल, चक्रबहादुर थापा (अमित) निर्वाचित भएका छन् ।