बुटवल । बुटवलबाट तम्घास जादै गरेको जिप दुर्घटना भएको छ । हिजो राति ११ः१० बजे जीप दुर्घटना हुँदा तीन जनाको निधन भएको छ भने उक्त दुर्घटनमा परी ६ जना घाइते भएका छन् ।
बुटवलबाट तम्घास जादैँ गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो । जीप रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा गुल्मी मुसिकोट ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षकी संगिता सुनार रहेको रेसुङ्गा प्रहरीले जनाएको छ ।