काठमाडाैँ । धनकुटाका युवा समाजसेवी तथा धनकुटा काँग्रेसका सदस्य मुलघाट निवासी बल वहादुर श्रेष्ठको आज निधन भएको छ ।
हृदयघात भई निधन हुनु भएका धनकुटाका यूवा समाजसेवी तथा धनकुटा कांग्रेसका सदस्य बल बहादुर श्रेष्ठको धनकुटाको मूलघाटको विश्रान्ती मन्दिर स्थित तमोर नदीको किनारमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएर अन्त्यष्टि गरिएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, क्षेत्रीय सभापती प्रदेश निर्वाचन क्षेत्र नं. ख का राजन पौडेल, पूर्व धनकुटा नगर सचिव सिताराम न्यौपाने, पूर्व वडा सभापती खड्ग न्यौपाने, क्षेत्रीय प्रतिनिधिहरु तथा नेताहरु श्रवण शाह, चन्द्र श्रेष्ठ, नविन घिमिरे, कुमार लुईटेल, तिलक प्रधान, टेक वहादुर श्रेष्ठ, किशोर भण्डारी लगायतले स्वर्गीय श्रेष्ठको पार्थिव शरिरमा चार तारे झण्डा ओढाएर सम्मान गर्नु भएको थियो । बुबा स्वर्गीय बाल कुष्ण श्रेष्ठ र जमुना देवी श्रेष्ठको कोखबाट २०२६ साल फाल्गुण ८ गते जन्मनु भएका बल वहादुर श्रेष्ठको श्रीमती दिपा श्रेष्ठ, छोरा प्रकाश श्रेष्ठ, वुहारी मञ्जु श्रेष्ठ, नाती सक्षम श्रेष्ठ र छोरीहरु प्रमिसा श्रेष्ठ, प्रविसा श्रेष्ठ, अनिता श्रेष्ठ र सुनिता श्रेष्ठ हुनुहुन्छ । नेपाली कांग्रेस धनकुटाका सदस्य तथा यूवा समाजसेवी बल वहादुर श्रेष्ठको निधनले समाजले एक यूवा समाजसेवी गुमाएको र धनकुटा कांग्रेसले एक यूवा हनोहार कार्यकर्ता गुमाएकोले धनकुटा कांग्रेसलाई अपुरणीय क्षेत्री पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।