ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धादिङमा आत्महत्याका घटना ह्वात्तै बढ्यो, एक महिनामा १३ जनाले गरे आत्महत्या

बिदाको दिन आत्महत्या गर्नेको संख्या धेरै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ८ गते, १५:३३ बजे
धादिङमा आत्महत्याका घटना ह्वात्तै बढ्यो, एक महिनामा १३ जनाले गरे आत्महत्या
22
SHARES
Share on FacebookShare on Twitter

धादिङ । धादिङमा पछिल्लो केही वर्षयता आत्महत्याका घटना बढ्दै गएको छ । गएको तीन वर्षको तथ्या‌कलाई हेर्दा गत आर्थिक वर्ष ०७७–७८ मा आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी देखिएको हो ।

आव ०७५–७६ मा ९३ जना, ०७६–७७ मा ९४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्या‌कमा उल्लेख छ । आव ०७७–७८ मा मात्र त्यो संख्या बढेर १४२ जना अर्थात् २८ दशमलव ९८ प्रतिशत पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

धादिङमा एक महिनामा सरदर १३ जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी विष सेवन गर्ने रहेको प्रहरी तथ्यांकमा उल्लेख छ । त्यसमा पनि पुरुषको संख्या बढी छ ।

त्रि–वर्षिय आत्महत्याको विश्लेषण गर्दै धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले दिनको समयभन्दा रातको समय र अन्य दिनकोभन्दा बिदाको समय (शनिबार) आत्महत्या गर्नेको संख्या धेरै बताए । अरुले थाहा पनि नपाउने र एक्लोपनको अनुभूति हुने भएकाले मध्यराति १२ देखि बिहान ६ बजेको समयमा आत्महत्याका घटना धेरै हुने गरेको एसपी खड्का बताउँछन् ।

आत्महत्या गर्नेहरुमा १६ देखि ३० वर्ष उमेरका अधिक छन् भने ६० वर्षदेखि माथि उमेर समूहका पनि देखिएका छन् । वैदेशिक रोजगारका सामाजिक असर, आर्थिक अभाव, पारिवारिक अवहेलना, असफल प्रेम, लागूऔषध, परीक्षामा असफलता, घरेलु हिंसा, गरिबीलगायतका कारण १६ देखि ३० वर्ष उमेर समूहका तन्नेरीहरुले आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist