मोरङ। विराटनगर महानगरपालिका १३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित एक भारतीय नागरीक पक्राउ परेका छन । भारत कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहितीलाई प्रहरीले पक्राउ गरेको हो ।
सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेहितीलाई खान तलासी गर्ने क्रममा उनको साथबाट उक्त सुन फेला पारी पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद सुन सहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा पठाइएको प्रहरीले बताएको छ ।