दाङ। दाङमा बन बाट ल्याएको च्याउ खांदा दुईजना बिरामी परेका छन । दाङको बंगलाचुलीमा बनबाट ल्याएको च्याउको तरकारी खाँदा आमाछोरा बिरामी परेका हुन । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर(१ स्यूजाकी ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली रहेको बंगलाचुली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु कुवरले बताए ।
बिरामी आमा छोरा लाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पताल ल्याइए पनि थप जोखिम हुने भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पतालले जनाएको छ । दुई जनाले शुक्रबार बिहानको खानामा च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि स्वास्थ्य संस्था ल्याइएको आफन्तले जनाएका छन् ।